अमेरिकामा परशु प्रधान र दधिराज सुवेदी स्मृति।

इनेप्लिज २०८० चैत १८ गते १४:०८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा साहित्यकार परशु प्रधान र दधिराज सुबेदीको स्मृतिमा शोक तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

३० मार्चका दिन गेथेस्बर्गको लाइब्रेरीमा भएको श्रद्धाञ्जली सभाको आयोजक संस्था साङ्ग्रिला डायलग रहेको थियो।

कार्यक्रममा लेखक साहित्यकारहरुले स्व साहित्यकार द्वय परशु प्रधान र दधिराज सुबेदीको देहावसानले नेपाली सहित्य क्षेत्रमा ठूलो क्षति पुगेको बताए।कार्यक्रममा सीता पाण्डे,शैलेन्द्र साकार,योगेश उपाध्याय,गण्डकीपुत्र र भावना बिस्टले दिवङ्गत साहित्यकार द्वय प्रधान र सुबेदीका बारे आफ्ना अनूभूतिहरु राखेका थिए भने कवि तारा पराजुलीले आफ्नो मुककद्वारा यसरी प्रधान र सुबेदीलाई यसरी सम्झिइन् –

भुल्नै नसक्ने माहोल छाडेर
अनेकौं कृतिहरु अनमोल छाडेर
युगौँयुगसम्म बाँचिरहने छौ तिमी
टाढा टाढा गएपनि यो भूगोल छोडेर।

केहिले वारि त कहिले पारि सम्झेर
फुल्दै गरेको सिर्जनाको वारि सम्झेर
बिर्सनै सकिन्न तिमीलाई सम्झिइरहुँला
तिमीले रोपेको बरपिपल चौतारी सम्झेर।

त्यस्तै साहित्यकार तथा आयोजक संस्था साङ्गृग्रिला डाइलगकी अध्यक्ष सिता पाण्डेले स्व प्रधान र सुबेदीले साहित्य क्षेत्रमा दिएको देनलाई नेपाल र नेपालीले भुल्न नहुने बताइन् ।

उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार शैलेन्द्र साकारले गरेका थिए भने संचालन प्रकाश नेपालले गरेका थिए।

प्रतिक्रिया