दक्षिण अफ्रिकाको एउटा पुलबाट यात्रीयान( बस) खस्दा ४५ जनाको मृत्यु ,८ वर्षका बालक जीवित फेला

इनेप्लिज २०८० चैत १६ गते १:०४ मा प्रकाशित

दक्षिण अफ्रिकाको एउटा पुलबाट यात्रियान (बस )खस्दा ४५ जनाको मृत्यु भएको छ भने एक ८ वर्षका बालक मात्र बाचेका छन् । दक्षिण अफ्रिकामा बिहीबार इस्टर पर्वको लागि पूजा गर्नेहरूलाई लिएर जाँदै गरेको यात्रियान गाडी (बस)पहाडको एउटा पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उत्तरी प्रान्त लिम्पोपोका अधिकारीहरूका अनुसार एक ८ वर्षीय बालक दुर्घटनामा बाँचेका छन् । उनले चिकित्सा हेरचाह पाइरहेको र बालक गम्भीर घाइते भएको उनीहरुले जानकारी दिएका छन् ।

लिम्पोपोको प्रान्तीय सरकारले गाडी मम्मतलाकला पुलबाट खसेको र आगो लाग्नु अघि ५० मिटर (१६४ फिट) खाडलमा खसेको बताएको छ।

खोजी कार्य जारी रहेको प्रान्तीय सरकारले बताएको छ। तर धेरै शवहरू चिन्न नसकिने गरी जलेका छन् र अझै पनि गाडी भित्र फसेका छन्।

अधिकारीहरूका अनुसार गाडी छिमेकी देश बोत्सवानाबाट मोरिया शहरमा यात्रा गरिरहेको थियो, जुन लोकप्रिय इस्टर तीर्थयात्रा हो। चालकले नियन्त्रण गुमाएको र मृत्यु हुने मध्ये एकजना रहेको उनीहरुले बताएका छन् ।

यातायात मन्त्री सिन्दिसिवे चिकुङ्गा सडक सुरक्षा अभियानको लागि लिम्पोपो प्रान्तमा थिए र दुर्घटनास्थलको भ्रमण गर्ने योजना परिवर्तन गरेको राष्ट्रिय यातायात विभागले जनाएको छ। उनले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र मृतकका परिवारप्रति समवेदना प्रकट गरेको बताए ।

दक्षिण अफ्रिकी सरकारले इस्टर बिदाको समयमा सडक दुर्घटनाको खतराबारे अक्सर चेतावनी दिई रहने एबिसीन्यूजले जनाएको छ । गत वर्ष इस्टर सप्ताहन्तमा सडक दुर्घटनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। जियोनिस्ट ईशाईहरुको गिर्जाघर मुख्यालय मोरियामा पर्दछ । यो तीर्थयात्रामा दक्षिण अफ्रिका र छिमेकी देशहरूबाट लाखौं मानिसहरूलाई आकर्षित गर्ने गरेको छ ।

प्रतिक्रिया