नेतन्याहुद्वारा अमेरिकी कंग्रेस सदस्यहरूको समूहलाई गाजामा “विजय” र हमासको वरिष्ठ नेतृत्व “प्राप्त” गर्न केही हप्ता मात्र बाँकी रहेको दाबी

इनेप्लिज २०८० चैत १५ गते ११:२० मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी कंग्रेस सदस्यहरूको समूहलाई गाजामा “विजय” र हमासको वरिष्ठ नेतृत्व “प्राप्त” गर्न केही हप्ता मात्र बाँकी रहेको बताएका छन्।

गत बुधबार कांग्रेसको एक द्विदलीय समूहलाई सम्बोधन गर्दै नेतान्याहुले भने: “हामीले [हमासका] धेरै वरिष्ठ नेताहरूलाई मारेका छौं, जसमा हमासका शीर्ष ४ र शीर्ष ३ का नेता ,हामी शीर्ष २ र शीर्ष १ लाई प्राप्त गर्ने छौ । त्यो हाम्रो विजय हो। हामी विजय नजिक पुगेका छौ र यो केहि हप्ता टाढा छ।”

नेतान्याहुले भने इजरायलसँग रफाहमा सर्नु बाहेक “कुनै विकल्प छैन” ।

प्रधानमन्त्रीलेअक्टोबर ७ हमासको आक्रमण पछि इजरायलले बाइडेन प्रशासनसँग उल्लेखनीय साथ पाएको बताए । तर रफाहमा अमेरिकाले इजरायली कदमको बारेमा मौलिक रूपमा फरक विचार राखेको छ।

इजरायलले दक्षिणी गाजा शहरमा नियोजित आक्रमण अघि अन्तर्राष्ट्रिय स्तरमा आलोचनाको सामना गर्नु परेको छ, जहाँ १० लाख भन्दा बढी मानिसहरू हाल आश्रयमा रहेका छन् ।

रफाहको आसन्न आक्रमण र गाजामा बिग्रँदै गएको मानवीय प्रकोपलाई लिएर असहमतिले नेतान्याहू र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको सम्बन्धलाई कमजोर बनाएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया