पाकिस्तानमा आत्मघाती बम विस्फोटमा ५ चिनियाँ कामदार र स्थानिय चालकको मृ्त्यु 

इनेप्लिज २०८० चैत १४ गते १८:३४ मा प्रकाशित

गत मङ्गलबार उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती बम विस्फोटमा परि पाँच चिनियाँ कामदार र उनीहरूका स्थानीय चालकको मृत्यु भएको प्रहरी अधिकारूहरुले  “बताएका छन ।

प्रहरी अधिकारी मुहम्मद अलीका अनुसार गण्डापुरले राजधानीबाट खैबर पख्तुनख्वा प्रान्तमा रहेको देशको सबैभन्दा ठूलो जलविद्युत परियोजना दासु बाँधतर्फ जाने क्रममा कामदारहरूको गाडीमा बम विस्फोट गराएको बताए ।

यो  विस्फोट एक हप्तामा भएको तेस्रो क्रूर घटना हो । 

मंगलबारको विष्फोटको जिम्मेवारी कुनै समूहले नलिएको सिएनएनले जनाएको छ ।

यही परियोजनामा ​​अर्को अघोषित आक्रमणमा बाँधमा जाने क्रममा ९ चिनियाँ कामदारसहित १३ जनाको ज्यान गएको करिब तीन वर्षपछि आएको छ। 

प्रतिक्रिया