अध्यावधिक गरिएको : बाल्टिमोरमा पुल भत्किँदा हराई रहेका ६ जना अझै फेला परेनन् ,उद्धार टोलीद्वारा व्यापक खोजी जारी

इनेप्लिज २०८० चैत १३ गते २३:४० मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मंगलबार बिहान एक जहाज पुलमा ठक्कर दिँदा पुल भत्किँदा हराई रहेका ६ जनाको उद्धार दलले व्यापक खोजी जारी रहेको मेरील्याण्डका गभर्नर वेस मूरले मंगलबार एक पत्रकार सम्मेलनमा बताए ।

मुरले खोजी र उद्धार कार्य जारी रहेको र कुनै नयाँ जानकारी नभएको बताए ।

बाल्टिमोरमा फ्रान्सिस स्कट की पुल भत्केको १४ घण्टाभन्दा बढी समयपछि प्रहरी अधिकारीहरूले पुलमा काम गरिरहेका कम्तीमा छ जना व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको एनबिसीवाशिंगटनले जनाएको छ ।

४९ वर्षीय मिगुएल लुना बेपत्ता भएका पुरुषहरूमध्ये एक हुन्, उनकी पत्नी मारिया डेल कारमेन कास्टेलोनले स्पेनिस भाषामा संचालित संचार माध्यमलाई समाचारको प्रतिक्षा गरि रहेको बताएकी एनबिसीवाशिंगटनले समाचार प्रकाशित गरेको छ ।

यसअघि पटापस्को नदीको पानीबाट दुई जनाको उद्धार गरिएको थियो । मेरिल्याण्ड चिकित्सा केन्द्र (युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टर)का अनुसार एक व्यक्तिले उपचार गर्न अस्वीकार गरेको र अर्कोलाई अस्पतालबाट रिहा गरिएको छ।

फ्रान्सिस स्कट की ब्रिजको भत्किए पछि बेपत्ता भएकाहरूको लागि प्रार्थना सभाहरु आयोजना गरिएको छ । प्रार्थना सभाहरुमा नगरभरिका नेताहरू र बासिन्दाहरू सहित बाल्टिमोरका नगर प्रमुख ब्रान्डन स्कट र अन्य शहरका अधिकारीहरू मङ्गलबार सामेल भएका छन् ।

प्रतिक्रिया