बाल्टिमोरमा मध्यरातमा एक पुल भत्किदा पानीमा सवारी साधन र मानिसहरुको व्यापक खोजी जारी

इनेप्लिज २०८० चैत १३ गते १०:५८ मा प्रकाशित

बाल्टिमोरमा मध्यरातमा एक पुल भत्किदा पानीमा सवारी साधन र मानिसहरुको व्यापक खोजी जारी रहेको एबिसीन्यूजले जनाएको छ ।

समाचारका अनुसार एक कार्गो(पोतभार) जहाजले मंगलबार बिहान बाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिजमा ठोक्किए पछि आंशिक रुपमा भत्किएको छ ।

पुल भत्किँदा धेरै गाडीहरू पुलबाट खसेको बाल्टिमोर नगर अग्निनियन्त्रण बिभागले जनाएको छ । पुलमा रातभरि उद्धार कार्य जारी रहेको र गोताखोरहरूले पानीमा कम्तिमा ७ जनाको खोजी गरिरहेको विभागले जनाएको छ।

उक्त घटना बिहान १:३५ मिनेटमा भएको बताईएको छ । बाल्टिमोर शहर प्रहरीलाई आंशिक पुल भत्किएको बारे सूचित गरिएको थियो । सिङ्गापुरको झण्डा बोकेको जहाज डाली नामक जहाज १ः३० बजे पुलमा ठोक्किएको नौसेना यातायातले जनाएको छ ।

यातायात सचिवले पनि स्थानीय अधिकारीहरूसँग कुरा गरेका छन् । मेरिल्याण्डका गभर्नर वेस मुरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।

प्रतिक्रिया