युक्रेनद्वारा क्राइमियामा दुईवटा रुसी नौसैनिक जहाजमा ठूलो आक्रमण गरेको दावी

इनेप्लिज २०८० चैत १२ गते १०:४९ मा प्रकाशित

युक्रेनले क्राइमियामा दुईवटा रुसी नौसैनिक जहाजमा ठूलो आक्रमण गरेको दाबी गरेको छ ।

युक्रेनले सेभास्टोपोलको क्रिमियन बन्दरगाहमा रातभरिको ठूलो हमलामा दुईवटा रूसी नौसेना जहाजहरू, एक सञ्चार केन्द्र र ठूला जहाजहरुसँग सम्बन्धित अन्य सुविधाहरूमा आक्रमण गरेको जनाएको छ ।

रूसी रक्षा अधिकारीहरूबाट कुनै टिप्पणी गरिएको छैन। यद्यपि रूसी राजनीतिज्ञ र सेभास्टोपोलका गभर्नर मिखाइल रज्भोजाइभले आफ्नो टेलिग्राम संचार माध्यममा हालको समयमा सबैभन्दा ठूलो आक्रमण भएको स्वीकार गरेको सिएनएनले जनाएको छ ।

सामाजिक संजालमा प्रकाशन गरिएका श्रब्यदृश्य (भिडियो)मा उक्त शहरमा ठूला विस्फोटहरूको श्रृंखला देखाईएको छ । बाक्लो कालो धुवाँ हावामा देखिन्छ ।

युक्रेनले यमाल र अजोभ नामक दुई जलथल दुवैमा बस्ने (उभयचर )अवतरण जहाजहरूमा आक्रमण गरिएको बताएको छ। क्षतिको मात्रा तत्काल स्पष्ट हुन नसकेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया