अध्यावधिक गरिएको : रुसमा गत शुक्रबार भएको आतंकबादी आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक सम्बोधन गर्दै उक्त हमलालाई आतंकवादको बर्बर कार्य भनि संज्ञा दिएका छन् । उनले दोषीलाई सजाय दिने वाचा गरे । उनले युक्रेनले संदिग्धहरूलाई भाग्नलाई मद्दत गरेको आरोप पनि लगाए। युक्रेनले आक्रमणमा आफ्नो कुनै पनि भूमिका नभएको भन्दै कडाइका साथ अस्वीकार गरेको छ।
रुसले मस्को उपनगरमा भएको भीडभाडपूर्ण सङ्गीत (कन्सर्ट )स्थलमा गए राति आक्रमण गराएको आशंकामा ४ बन्दुकधारीसहित ११ जनालाई पक्राउ गरेको रुसी संघीय सुरक्षा सेवा (एफएसबी) का प्रमुखले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी दिएका छन्।
भग्नावशेषमा थप शव फेला परेकाले कम्तीमा १३३ जनाको ज्यान गएको रुसी अनुसन्धान समितिले आज बिहान जनाएको छ । पुरुषहरू सङ्गीत कक्षमा प्रवेश गरे र आक्रमण गरेका थिए । आक्रमण गरे पछि भीड भएको ठाउँमा आगो लगाइदिएका थिए । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
रुसी सरकारी समाचार संस्था आरआईए नोवोस्तीले टेलिग्राममा क्रोकस सिटी हल कम्प्लेक्स( भवन)मा भएको आक्रमणको सम्बन्धमा पक्राउ परेका मध्ये एकको स्वीकारोक्ति प्रकाशित गरेको छ।
उक्त व्यक्तिले आफ्नो नाम भनेको र ३० वर्ष उमेर भएको बताएको सिएनएनले जनाएको छ । आरआईएले तीन जना कथित आक्रमणकारीहरूलाई हिरासतमा लिएपछि उनीहरूका तस्बिरहरू पनि प्रकाशन समेत गरेको छ ।
आरआईए नोवोस्तीका अनुसार आक्रमणकारीहरू सबै रूसी भाषा अत्यधिक खराब बोल्ने र एक जना पुरुषले “दोभाषे मार्फत ताजिक भाषामा” बोलेका थिए।
ती पुरुषहरू मध्ये एकले आफूलाई अज्ञात व्यक्तिले आक्रमण गर्न आधा मिलियन रूबल (लगभग ५,००० ) दिने वाचा गरेको बताएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया