संयुक्त राष्ट्रसंघमा अमेरिकाले गाजा युद्ध विराम बारे राखेको प्रस्तावमा रुस र चीनद्वारा निषेधाधिकार( भिटो) प्रयोग,  अमेरिकाद्नारा निन्दा 

इनेप्लिज २०८० चैत ९ गते १८:३६ मा प्रकाशित

 संयुक्त राष्ट्रसंघमा अमेरिकाले गाजा युद्ध विराम बारे राखेको प्रस्तावलाई रुस र चीनले  निषेधाधिकार ( भिटो) प्रयोग गर्दै बिफल बनाई दिएका छन । 

अमेरिकाले  रुस र चीनको निषेधाधिकारको  निन्दा गरेको छ। 

अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले गाजामा बन्धकहरूको रिहाइसँग सम्बन्धित युद्धविरामको लागि आह्वान गर्ने अमेरिकी प्रस्तावित मस्यौदा प्रस्तावमा रूस र चीनबाट गरिएको निषेधाधिकार( भिटो) को आलोचना गरेकी छिन ।

ग्रीनफिल्डले शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) लाई रुस र चीनले अक्टोबर ७ मा हमासको आक्रमणको निन्दा नगरेको बताईन । उनले भनिन् , लगभग सबै परिषद सदस्यहरूले सम्झौताको एक भागको रूपमा तत्काल र दिगो युद्धविराम सुरक्षित गर्न मतदान गरे।

बेलायतका राजदूत बारबरा वुडवर्डले पनि रुस र चीनले परिषदलाई सहयोग गर्न नसकेकोमा बेलायत गहिरो निराश भएको बताइन्।

उनले अगाडी भनिन् , बेलायतले गाजामा जतिसक्दो चाँडो सहायता प्राप्त गर्न सक्दो प्रयास गर्नेछ । जमिन, समुद्री र हवाईबाट तर युद्धमा तत्काल रोकिनु नै गाजामा सहायता प्राप्त गर्ने एक मात्र तरिका हो , जुन अत्यन्तै आवश्यक छ।

प्रतिक्रिया