रुसद्वारा युक्रेनी विद्युतीय केन्द्रहरुमा व्यापक आक्रमण , कम्तिमा तीन जनाको मृत्यु

इनेप्लिज २०८० चैत ९ गते ११:३६ मा प्रकाशित

रुसले युक्रेनी विद्युतीय केन्द्रहरुमा व्यापक आक्रमण गरेको छ । रुसले युक्रेनको सबैभन्दा ठूलो जलविद्युत कारखाना सहित युक्रेनको धेरैजसो भागमा विद्युतीय उर्जा केन्द्रमा आक्रमण गरेको छ। जसका कारण व्यापक अवरोध उत्पन्न भएको छ भने कम्तिमा तीन जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

उर्जा मन्त्री जर्मन गालुश्चेन्कोले राती मानव रहित यान ( ड्रोन) र क्षेप्यास्त्र आक्रमण भएको भन्दै “हालको समयमा युक्रेनी ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो आक्रमण भएको बताए। लक्ष्य क्षति पुर्‍याउने मात्र होइन, गत वर्ष जस्तै देशको ऊर्जा प्रणालीमा ठूलो मात्रामा अवरोध ल्याउने प्रयास गर्नु हो। ”

आक्रमणहरूले युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र जापोरिझिया आणविक उर्जा कारखानामा समेत बिजुली आपूर्ति गर्ने मन्त्रिले बताए ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाका प्रमुख राफेल ग्रोसीले शुक्रबार बिहानै कारखानाको मुख्य ७५० किलोभोल्ट उर्जा आपूर्ति काटिएको जनाएका छन् ।

यो उर्जा केन्द्र रुसी सेनाले ओगटेको छ र आणविक दुर्घटनाको सम्भाव्यताका कारण कारखानाको वरिपरि लड्नु निरन्तर चिन्ताको विषय बनेको छ।

रुसी आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुका साथै कम्तीमा आठ जना घाइते भएको जापोरिझिया क्षेत्रीय गभर्नर इभान फेदोरोभले जानकारी दिएका छन् ।

खार्किभ क्षेत्रमा उर्जा सुविधाहरूमा भएको आक्रमणले बत्ति गएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार खमेलनित्स्की क्षेत्रमा दुई जनाको मृत्यु भएको छ।

रुसी अधिकारीहरूले शुक्रबार सीमा नजिकका क्षेत्रमा युक्रेनी गोलाबारीमा एक जनाको मृत्यु भएको र कम्तीमा तीन जना घाइते भएको बताएका छन्।

प्रतिक्रिया