अमेरिकाको पेन्सिलभेनियामा आगलागी हुँदा चार बालबालिका र एक वयस्कको मृत्यु 

इनेप्लिज २०८० चैत ७ गते १६:५५ मा प्रकाशित

अमेरिकाको पेन्सिलभेनिया राज्यको जेनेटमा आगलागी हुँदा चार बालबालिका र एक वयस्कको मृत्यु भएको छ । 

 जेनेटमा अबेर राती घरमा आगलागी हुँदा चार बालबालिका र एक वयस्कको मृत्यु भएको वेस्टमोरल्याण्ड काउन्टी मृत्यु समिक्षकको कार्यलयले जनाएको छ ।

आगो लाग्दा गाइ नामक गल्लीमा रहेको घरभित्र आठ जना मानिसहरु रहेको सिविएसन्यूजले जनाएको छ । त्यहा दुई आमाबुवा र छ जना साना छोराछोरीहरु आगलागीमा परेका थिए ।

आगलागीमा २७ वर्षीय बाबु र ७, ६, ३ र १ महिनाका चार बालबालिकाको मृत्यु भएको छ । आमा र १ र १० वर्षका दुई बालबालिकाको उद्धार गरिएको थियो ।

मध्यरातमा आगलागी हुँदा झण्डै आठ जना घरभित्र रहेको जानकारी अग्नी नियन्त्रक प्रमुख बिल फ्राईले बताए ।

प्रतिक्रिया