यो व्यवस्था मजबुत बनाउन कांग्रेस र एमालेको मेलमिलाप आवश्यक छ नेपाली कांग्रेसका सहमहामन्त्री पाण्डे

बेद प्रसाद घिमिरे २०८० चैत ४ गते १३:०० मा प्रकाशित

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले व्यवस्था बलियो बनाउन ठूला दलबीच मेलमिलापको आवश्यकता रहेको बताएका छन्।

उनले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस र एमाले मेलमिलाप हुनुपर्ने उनको भनाइ छ।

‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भनेको नयाँ सरकार बनाउनका लागि होइन,’ संघीय संसद भवन परिसरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘देशमा संकट आइरहेको छ, व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन्। व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ।’

उनले कांग्रेस र एमालेको मेलमिलाप सरकार बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए।

प्रतिक्रिया