अमेरिकाको फ्लोरिडामा रद्धिटोकरी(ट्रास बिन )मा मृत शिशु फेला ,पुरुष र महिला पक्राउ

इनेप्लिज २०८० चैत ३ गते १५:१७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा रद्धिटोकरी (ट्रासविन )मा फेला परेको मृत शिशुको सम्बन्धमा पुरुष र महिलालाई पक्राउ गरिएको छ ।

दक्षिण फ्लोरिडाको प्रहरीले यस वर्षको सुरुमा रद्धि टोकरीमा मृत फेला परेको शिशुकी आमा भनी विश्वास गर्ने एक महिला र उनको शव फाल्न मद्धत गर्ने व्यक्तिलाई पक्राउ गरेको बताएको छ।

उनीहरू दुवैलाई मृत्युको प्रतिवेदन (रिपोर्ट) पेश गर्न असफल भएको आरोप लगाइएको छ। फ्लोरिडाको हलिउड प्रहरीले ती व्यक्तिलाई शवको अवैध विसर्जनको आरोप पनि लगाएको छ ।

प्रहरीका अनुसार पूर्ण-अवधिको बच्चाको नाभि अझै जोडिएको थियो । जनवरी ७ मा छत बनाउने सँस्थाका कामदारले दुर्गन्धित गन्ध थाहा पाए पछि प्रहरीलाई खबर गरेका थिए ।

उनले बच्चालाई रद्धिटोकरी भित्र पुन: प्रयोग हुन् सक्ने झोलमा फ्याकेको अवस्थामा फेला परेका थिए । प्रहरीले रद्धि टोकरीको छेउमा रोकिएको गाडी (कार)को मालिकलाई पत्ता लगाउन निगरानी श्रब्यदृश्य (भिडियो)प्रयोग गर्‍यो र डिएनए समेत जाँच गरेको थियो ।

शव परीक्षण अनुसार बच्चालाई कुनै आघात वा चोटपटक नभएको पाइएको छ । मृत्युको कारण शिशु जिउँदै जन्मिएको थियो वा मृत जन्मेको थियो भन्ने बारे थप परीक्षण हुन बाँकी रहेको शपथपत्रमा उल्लेख छ ।

प्रतिक्रिया