सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

बेद प्रसाद घिमिरे २०८० चैत ३ गते ०:०५ मा प्रकाशित

नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरेको छ ।

पुनललाई केही समय अघि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भीम प्रसाद ढकालले नेपाल नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो ।

६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँगको सम्वन्धमा देखिएपछि पुनलाई छानबिनको दायरामा राखिएको थियो ।

पुन माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुनुुहुन्छ।

प्रतिक्रिया