नेकपा एमाले सुहाङ नेम्वाङलाई कानुन विभाग सदस्य मनोनीत 

बेद प्रसाद घिमिरे २०८० फागुन ३० गते २१:४३ मा प्रकाशित

सुहाङ नेम्वाङ एमालेको कानुन विभाग सदस्य मनोनीत भएका छन् ।

एमाले महासचिव शंकर पोखरेलले सुहाङलाई गत फागुन ३ गते बसेको केन्द्रीय सचिवालयको बैठकले कानुन विभाग सदस्य मनोनीत गरेको बताए ।

सुहाङ नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । कानुन व्यवसायीका रुपमा सक्रिय उनी फुटबल क्लब पनि चलाउँछन् ।

सुवासचन्द्रको निधनसँगै इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि सुहाङ एमालेबाट उम्मेदवारका रुपमा बलिया दाबेदार हुन्।

प्रतिक्रिया