अप्रिल ९ अघि इजरायल–हमासबीच युद्धविराम हुने आशा

इनेप्लिज २०८० फागुन ३० गते ११:३० मा प्रकाशित

मध्यस्थकर्ता कतारले अप्रिल ९ अघि इजरायल–हमासबीच युद्धविराम हुने आशा गरेको बताएको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बुधबार इजरायल र हमासबीच अप्रिल ९ मा इस्लामिक पवित्र महिना रमादनको अन्त्य हुनुअघि युद्धविराम सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। वार्तामा मध्यस्थकर्ता कतारले दुई पक्षलाई सहमतिमा पुग्न दबाब दिई रहेको उनले सामाजिक संजाल एक्समा उल्लेख गरेका छन् ।

उनले सिएनएनका बेकी एन्डरसनलाई हामी अहिले कुनै सम्झौताको नजिक छैनौ भनेको एक दिन पछि यो नयाँ जानकारी आएको हो ।

प्रतिक्रिया