जेरुसेलम नजिकै छुरा प्रहारबाट दुई सुरक्षाकर्मी घाइते,आक्रमणकारी पनि मारिए

इनेप्लिज २०८० फागुन ३० गते ११:१९ मा प्रकाशित

जेरुसेलम नजिकै छुरा प्रहारबाट दुई सुरक्षाकर्मी घाइते भएका छन् ।

जेरुसेलम र पश्चिम किनारा बीचको एक नाका नजिकै बुधबार छुरा प्रहार हुँदा दुई सुरक्षाकर्मी घाइते भएका छन्

प्रहरीका अनुसार एक १५ वर्षीय किशोर बिहान ८:१५ मा सुरुङ जांच चौकीमा आफ्नो दूई चक्रबाहन (साइकल)मा आइपुगे र उनले सुरक्षा बलहरूमा आक्रमण गर्न चक्कु निकाले । प्रहरीले जाँच गर्न खोजे पछि चक्कु प्रहार गरे ।

इजरायल रक्षा बलका एक सदस्यले आक्रमणकारीलाई गोली हानी मारेको प्रहरीले जनाएको छ।

इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमले एक विज्ञप्तिमा घाइते कर्मचारीहरूमा एक २५ वर्षीय पुरुष र एक १९ वर्षीया महिलालाई चोटपटक लागेको छ ।

प्रतिक्रिया