शिकागोको आप्रवासी आश्रयमा ४ जनालाई दादुरा 

इनेप्लिज २०८० फागुन २९ गते १४:११ मा प्रकाशित

अमेरिकाको शिकागोमा रहेको आप्रवासी आश्रयमा ४ जनालाई दादुरा लागेको पुष्टि भएको छ । 

शिकागोको जनस्वास्थ्य विभागले पिल्सेनमा आप्रवासी आश्रयमा दादुराका चार वटा मामला देखा परेको भएको उल्लेख गरेको छ ।  

केवल चार दिनमा शिकागोमा अत्यधिक संक्रामक रोग बृद्धि भै अहिले  पाँच जना दादुराबाट सॅक्रमित भएका छन ।

साथै एक जना एक विद्यार्थी पनि सॅक्रमित भएका छन । उनि  पिल्सेनको आप्रवासी आश्रयमा बसेको कारण उनि पनि सॅक्रमित भएका हुन ।

युवकलाई सोमबार अस्पताल भर्ना गरिएको छ भने उनि अहिले स्वस्थ् रहेको बताईएको छ ।

आश्रयस्थलमा सोमबार थप दुई जनामा दादुराको संक्रमण पुष्टि भएको छ भने दुबै जना वयस्कहरू हुन ।

प्रतिक्रिया