उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई काम कारबाही गर्न आदेश नकुर्न अपिल गरेका छन्

बेद प्रसाद घिमिरे २०८० फागुन २९ गते ९:५० मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई अपिल गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल गर्दै अपराधमा संलग्नलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न अपिल गरेका हुन् । लामिछानेले सामाजिक सञ्जाल मार्फत यस्तो अपिल गरेसँगै सर्वसाधारण नागरिकले नेपाल प्रहरीले अनावश्यक झमेला देखाई जन्तामाथी दुःख दिएमा गुनासो कहाँ राख्ने भन्ने प्रश्न पनि गरेका छन्।

उनले कानूनी राज्य के हो दखाइदिन समेत आग्रह गरेका छन् । ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायत अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन,’ उनले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्नेगरी काम गर्नुहोस् । मेरो शुभकामना छ ।’

प्रतिक्रिया