राष्ट्रिय स्वतन्त्र पार्टी ले उपनिर्वाचनमा प्रदेश सभा बहिष्कार गर्ने

बेद प्रसाद घिमिरे २०८० फागुन २८ गते ११:३१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनमा कसैसँग सहकार्य नगर्ने भएको छ । उसले आफ्नो पार्टीबाट आफै उम्मेदवार उठाउने निर्णय गरेको छ ।


रास्वपाले प्रतिनिधि सभा र स्थानीय तहमा उम्मेदवार उठाउने तर प्रदेशमा भने नउठाउने निर्णय गरेको पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

उनले आज बसेको केन्द्रीय समितिको बैठकले निर्णय यस्तो गरेको जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचन इलाम २ मा हुँदै छ । यस्तै विभिन्न जिल्लाका २३ स्थानीय तहमा पनि निर्वाचन हुने छ ।

प्रतिक्रिया