हेटीमा बढ्दो गिरोह हिंसाको कारण अमेरिकी सेनाले दूतावासका कर्मचारीहरूलाई हवाईजहाजबाट उडायो

इनेप्लिज २०८० फागुन २८ गते ११:२३ मा प्रकाशित

हेटीमा बढ्दो गिरोह हिंसाको कारण अमेरिकी सेनाले राजधानी पोर्ट-ओ-प्रिन्सबाट आफ्ना दूतावासका कर्मचारीहरूलाई हवाईजहाजबाट उडाएको छ ।

राजधानी, पोर्ट-ओ-प्रिन्स र क्यारेबियन देशहरूमा हिंसा बढ्दै गएपछि अमेरिकी सेनाले हेटीमा रहेको अमेरिकी दूतावासबाट अमेरिकी कर्मचारीहरूलाई बिमानबाट बाहिर निकाल्न शनिबारदेखि आइतवार रातभरि काम गरेको सिबिएसन्यूजले जनाएको छ ।

अमेरिकी दक्षिणी कमाण्डले आइतबार एक विज्ञप्तिमा मार्फत उक्त जानकारी गराउदै कारवाहीको एक भागको रूपमा थप सुरक्षा तैनाथ गरिएको थियो।

अमेरिकी विदेश विभागको अनुरोधमा अमेरिकी सेनाले पोर्ट-ओ-प्रिन्समा अमेरिकी दूतावासको सुरक्षा बढाउन,दूतावासको कार्य सञ्चालनलाई जारी राख्न र गैर-आवश्यक कर्मचारीहरूलाई त्यहाँबाट बाहिर निकाल्न कारवाही गरेको अमेरिकी दक्षिणी कमाण्डले आइतबार बिहान सीबीएस न्यूजलाई एक विज्ञप्तिमा बताएको छ ।

हाम्रो दूतावासले हेटीका जनतालाई समर्थन गर्न अमेरिकी सरकारको प्रयासलाई अगाडि बढाउने, हेटीको राष्ट्रिय प्रहरीको लागि समर्थन परिचालन गर्ने, संयुक्त राष्ट्र संघ-अधिकृत बहुराष्ट्रिय सुरक्षा सहयोग मिसनको तैनाथीलाई तीव्रता दिने, र शक्तिको शान्तिपूर्ण संक्रमणलाई गति दिनमा केन्द्रित छ,बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया