रुससँग युद्ध अन्त्य गर्न युक्रेनलाई वार्ता गर्न पोप फ्रान्सिसको आह्वान

इनेप्लिज २०८० फागुन २७ गते ११:२५ मा प्रकाशित

रुससँग युद्ध अन्त्य गर्न युक्रेनलाई वार्ता गर्न पोप फ्रान्सिसले आह्वान गरेका छन् ।

पोप फ्रान्सिसले युक्रेनसँग “सेतो झण्डा” को साहस हुनुपर्छ भन्ने कुरामा जोड दिए । अर्थात् उनले युद्धविरामसूचक ध्वजाको बारेमा चर्चा गरे । अर्को शब्दमा भन्नु पर्दा शान्ति स्थापना गर्नको लागि आत्मसमर्पण या हारको जनाउ गर्न प्रोत्साहन गरे ।

युक्रेनले रुससँग युद्धको अन्त्य गर्न वार्ता गर्ने साहस गर्नुपर्छ र शान्ति वार्ता गर्न एउटै टेबलमा बस्न लाज मान्नु हुँदैन ,पोप फ्रान्सिसले एक अन्तर्वार्तामा भने ।

पोपले गत महिना स्विस प्रसारक आरएसआईसँग अभिलेख(रेकर्ड )गरिएको अन्तर्वार्तामा आफ्नो अपील गरेका थिए जुन शनिबार आंशिक रूपमा जारी गरिएको थियो।

जसले परिस्थितिलाई हेर्छ, जनताको बारेमा सोच्दछ ,वार्तालाप गर्छ त्यही नै सबैभन्दा बलियो हो ,फ्रान्सिसले भने। तर यसमा अन्तर्राष्ट्रिय शक्तिहरूको सहयोगमा वार्ता हुनुपर्छ।

युक्रेन शान्ति वार्तामा रुससँग प्रत्यक्ष संलग्न नहुने कुरामा दृढ छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले धेरै पटक शान्ति वार्तामा पहल आक्रमण गरेको देशबाट हुनुपर्छ भनेका छन् ।

रुस युद्धको मैदानमा युद्धको तेस्रो वर्षमा प्रवेश गरेको छ । युक्रेनसँग गोला बारुद कम भै रहेको अवस्था छ । यसैबीच,पश्चिमी राष्ट्रहरुले युक्रेनमा सेना पठाउने सम्भावना बढाइरहेका छन्।

फ्रान्सिसले आरएसआई अन्तर्वार्तामा भने “वार्तालाप शब्द एक साहसी शब्द हो।” युक्रेनलाई सम्झाउदै उनले भने तपाईसँग वार्ता गर्ने साहस हुनुपर्छ,” । “वार्ता कहिल्यै आत्मसमर्पण होइन।”

“युक्रेनको युद्धमा मध्यस्थता गर्न चाहने धेरै छन्,” उनले भने। “टर्कीले यसका लागि आफूलाई प्रस्ताव गरेको छ। परिस्थिति बिग्रनु अघि वार्ता गर्न लाज नमान्नुहोस्।”

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेन र रुस दुबैसँगको घनिष्ठ सम्बन्ध सन्तुलनमा राख्न खोजेका छन् । उनको नेटो राष्ट्रहरुसंग पनि राम्रो सम्बन्ध स्थापित छ । गत शुक्रबार जेलेन्स्कीको भ्रमणको क्रममा दुई देशहरू बीचको शान्ति शिखर सम्मेलनको आयोजना गर्न प्रस्ताव गरेका छन ।

प्रतिक्रिया