लन्डनको बकिंघम दरबारको द्वारमा गाडी ठोक्किए पछि मानिस पक्राउ

इनेप्लिज २०८० फागुन २७ गते १०:४३ मा प्रकाशित

लन्डनको बकिंघम दरबारको द्वारमा गाडी ठोक्किए पछि एक जना मानिसलाई पक्राउ गरिएको छ ।

आपराधिक क्षतिको आशंकामा घटनास्थलबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत शनिबार दिउँसो २:३३ बजे दुर्घटना भए पछि सशस्त्र अधिकारीहरू दरबारमा पुगेको र वस्तु स्थितिको जाँच गरेको महानगरीय प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेका छन् । आपराधिक क्षतिको आशंकामा घटनास्थलबाट एक व्यक्तिलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बकिङ्घम दरबार (प्यालेस)का प्रवक्ताले एबीसी न्यूजलाई पुष्टि गर्दै उक्त दुर्घटना हुँदा दरबार भित्र शाही परिवारका कुनै सदस्य नभएको बताए । द्वारमा अहिले मर्मतको काम भैरहेको प्रवक्ताले बताए ।

पक्राउ परेका व्यक्तिलाई पछि अस्पताल लगिएको प्रहरीले जनाएको छ । कुनै पनि चोटपटकको विवरण आई नसकेको प्रहरीले भने। र ,यस बारेमा सोधपुछ जारी रहेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया