चेक रिपब्लिककी क्रिस्टिना पिज्कोभा बनिन बिश्व सुन्दरी २०२४

इनेप्लिज २०८० फागुन २७ गते २:३६ मा प्रकाशित

चेक रिपब्लिककी क्रिस्टिना पिज्कोभा बिश्व सुन्दरी २०२४ बन्न सफल भएकी छिन् । पिज्कोभाले मिस वर्ल्ड अर्थात् बिश्व सुन्दरीको २०२४ को ताज जितेकी छिन् ।

विश्वभरका आफ्ना १११ प्रतियोगीहरु मध्ये चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले शनिबार सम्पन्न भारतको मुम्बईमा यस वर्षको ताज जितेकी छिन्।

प्रतियोगिताको प्रारम्भिक प्रतिस्पर्धाको क्रममा सुगठन ,सौन्दर्य, प्रतिभा र सार्वजनिक भाषण लगायतका कार्यक्रमहरूको शृङ्खलामा धेरै प्रतियोगीहरु शीर्ष ४० मा पुगेका थिए ।

त्यस पछि सिधै १२ र फेरी शीर्ष ८ मा घटाईएको थियो । प्रतियोगीहरूले सबैभन्दा भर्खरको जी२० शिखर सम्मेलनमा छलफल गरिएका विषयहरूलाई सम्बोधन गर्दै उत्कृष्ट प्रश्नोत्तर चरणमा भाग लिएका थिए ।

विशेष गरी महिलाको स्वास्थ्य हेरचाहलाई असर गर्ने मुद्दामा प्रकाश पार्न सोध्दा २३ वर्षीया कानूनकी विद्यार्थी र नमुना (मोडेल )पिस्ज्कोवाले महिनावारीको वरिपरिको कलंक र लाज हटाउने बारेमा उत्तर दिदै भनिन “महिला हुनु भनेको उपहार हो” र महिनावारी हुनु पर्छ। यो निषेधको विषय होइन।

अन्तिम चरणमा पुगेका चार अन्तिम प्रतियोगीहरु अफ्रिका, अमेरिका र क्यारिबियन, एशिया र ओशिनिया र युरोपको प्रतिनिधित्व गरेका थिए ।

बिश्व सुन्दरी अर्थात् मिस वर्ल्डलाई सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको रूपमा हेरिन्छ । मिस वर्ल्ड पहिलो पटक १९५१ मा बेलायतमा आयोजना गरिएको थियो।

१९९४ कि बिश्व सुन्दरी ऐश्वर्या राय बच्चन र २००० कि बिश्व सुन्दरी अर्थात् मिस वर्ल्ड प्रियंका चोपडा हुन् ।

प्रतिक्रिया