दर्जनौं भारतीय नागरिक युक्रेन विरुद्ध रुसको युद्धमा जागिरको बहानामा रूसी सैन्य सेवामा लगाईएको दावी

इनेप्लिज २०८० फागुन २६ गते २०:३८ मा प्रकाशित

दर्जनौं भारतीय नागरिक युक्रेन विरुद्ध रुसको युद्धमा जागिरको बहानामा रूसी सैन्य सेवामा लगाईएको भारतले दावी गरेको छ । युक्रेन विरुद्ध रुसको युद्धमा सामेल हुन ठगिएको सरकारले जनाएको छ।

भारत सरकारका अनुसार प्रलोभनमा परेका कम्तिमा दुई पुरुषको मृत्यु भएको उनीहरूको परिवारले संचार माध्यमहरूलाई बताए।

भारत सरकारले शुक्रबार यो मामलामा रुसी सरकारसँग प्रश्न उठाएको छ । र ,योजनामा फसेका भारतीय नागरिकहरूलाई रिहा गर्न भनेको छ।

भारतीय विदेश मन्त्रालयले आफ्नो संघीय अनुसन्धान एजेन्सी, केन्द्रीय अनुसन्धान ब्यूरो(बिभाग)ले यस योजनाको सम्बन्धमा बिहीबार “प्रमुख मानव तस्करी संजाल” को पर्दाफास गरेको बताएको छ।

संचार माध्यमहरुले गरेको विवरण अनुसार करिब तीन दर्जन पुरुषहरूलाई रूसी सेनाको लागि ढुवानी सहयोगीको रूपमा जागिरको बहानामा रूसी सैन्य सेवामा लगाइयो र उनीहरूलाई उनीहरूको कर्तव्य (ड्युटी )युद्धको अग्रपंक्तिमा नहुने आश्वासन दिइएको थियो।

पुरुषहरूलाई आधिकारिक सरकारी पत्र (कार्ड )जारी गर्नेछ र तिनीहरूलाई स्थायी बसोबासको प्रत्याभूति ( ग्यारेन्टी ) समेत दिने बताईएको सिबिएसन्यूजले उल्लेख गरेको छ ।

दुई सन्तानका ३० वर्षीय बुबा मोहम्मद असफानलाई गत महिना अग्रपंक्तिको युद्धमा मारिएका थिए । उनी गत वर्षको अन्त्यतिर रुस गएका थिए । अस्फानको परिवारले दिएको जानकारी अनुसार उनलाई रूसी सेनालाई सहयोग गर्न भनिएको थियो ।

मस्कोस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा अस्फानको मृत्युको पुष्टि गरेको छ तर उनको मृत्यु कसरी भयो भन्नेबारे केही जानकारी दिएको छैन। अधिकारीहरुले उनको शव भारत फिर्ता पठाउने प्रयास गरिरहेको बताएका छन् ।

अर्का भारतीय नागरिक, २३ वर्षीय हेमल अश्विनभाई मङ्गुकिया, डोनेट्स्कमा रुसी सेनासँग “सुरक्षा सहायक” को रूपमा सेवा गर्ने क्रममा युक्रेनी हवाई आक्रमणमा मारिएका थिए। उनी गत डिसेम्बरमा रुस गएका थिए ।

भारत सरकारले सबै भारतीय नागरिकलाई द्वन्द्वबाट टाढा रहन आग्रह गरेको छ ।

भारतको विदेश मन्त्रालयले शुक्रबार आफ्नो विज्ञप्तिमा मार्फत कसैलाई दलालको प्रभावमा नपर्न आह्वान गर्दै “यो खतरा र जीवनको लागि जोखिमले भरिएको जनाएको छ ।

प्रतिक्रिया