टेक्ससमा छोरोलाई बदमासी गर्न मिश्रित पेय पदार्थ (मदिरा ) खुवाएर बिद्यालयमा पठाउदा छोरा अस्पताल भर्ना हुँदा आमालाई प्रहरीले पक्राउ गरेको छ ।
एबिसीन्यूजका अनुसार उक्त पेय पदार्थ गैर-विषाक्त भएकोले बच्चालाई अस्पतालमा भर्ना गरिएको थियो।
बेक्सार काउन्टी शेरिफको कार्यालयका अनुसार टेक्ससकी आमाले आफ्नो छोराको बदमासीको लागि बनाएको पेयले उनलाई अस्पताल पठाएपछि आमालाई पक्राउ गरिएको छ।
४५ वर्षीया जेनिफर लिन रोसीले गत मंगलबार खेलकुदको सिसी (बोतल)मा कागतीको रस, भिनेगर (सिरका), नुन र गेटोरेड मिसाएर आफ्नो छोरालाई लिगेसी ट्रेडिशनल स्कुल अलामो रान्चमा एक दिन अघि आफ्नो पेय चोरेको सहपाठीलाई दिन भनेकी थिइन्।
टेक्ससको सान एन्टोनियोको मुख्य बजार देखि २० माईल उत्तरपश्चिममा उक्त घटना घटेको हो भने उनलाई पक्राउ पूर्जी जारी गरिएको थियो ।
बिद्यालयमा आइपुगेपछि प्रहरी सहायकहरुले छोराले एक साथीलाई पिउन दिएको बेक्सर काउन्टी शेरिफको कार्यालयले घटनाको सम्बन्धमा आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । बच्चाले मादक पदार्थ सेवन गरेको केही समय पछि वाकवाकी र टाउको दुख्ने अनुभव गर्न थाले पछि उनलाई अस्पताल लगिएको शेरिफ अधिकारीहरूले बताए ।
यद्यपि,पेय पदार्थहरू गैर-विषाक्त थिए, तर एक बच्चालाई अस्पतालमा भर्ना गर्नु परेको बेक्सर काउन्टी शेरिफको कार्यालयले आफ्नो बिज्ञप्तिमा जनाएको छ ।
अस्पतालका कर्मचारीहरूले बाल पीडितलाई थप चिकित्सा निगरानी आवश्यक छ र अन्ततः अस्पतालबाट रिहा गरिने बताएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार अनुसन्धानको क्रममा पेय पदार्थ प्रदान गर्ने विद्यार्थीकी आमाले “आफ्नो छोराको पेय अन्य विद्यार्थीहरूले विद्यालयमा चोरी हुन नदिन उनले मिश्रित पेय(ककटेल) बनाएर जानाजानी मिसाएकी थिइन् “
तस्बिर कृतज्ञता : बेक्सर काउन्टी शेरिफको कार्यालय
प्रतिक्रिया