राष्ट्रपति बाइडेनको सयुक्त सदनमा सशक्त सम्बोधन : के के भने ?

इनेप्लिज २०८० फागुन २५ गते ११:५२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले दुसयुक्त सदनमा अर्थात् अमेरिकी कंग्रेसको स्टेट अफ द युनियन मा एक सशक्त सम्बोधन गरे । उनि ८१ बर्ष पुग्दा पनि अझै जोशिलो भाषण गर्न चुकेनन् ।

बाइडेनले विशेष गरी धेरै विदेश नीतिहरुमा समय खर्च गरे। उनले हमाससँग इजरायलको युद्ध र रूसको आक्रमणको बिरूद्ध युक्रेनको रक्षा, प्रजनन स्वास्थ्य सेवा र उच्च अध्यागमन जस्ता घरेलु मुद्दाहरूमा कारबाही गर्न जोड दिँदै आफ्ना कुराहरु स्पष्ट राखे ।

“सबैभन्दा माथि, म सबै अमेरिकीहरूको लागि भविष्य देख्छु,” उनले भने। “म सबै अमेरिकीहरूको लागि एउटा देश देख्छु।”

उनले करिव करिब ७० मिनेट बोले र भीडमा रिपब्लिकन (रूढिवादी)हरूलाई पनि उत्तेजित गरे ।

“मेरो जीवनकालले मलाई स्वतन्त्रता र प्रजातन्त्रलाई अँगाल्न सिकाएको छ,” उनले भने। देश एकजुट हुन आवश्यक छ। उनले ओबामाकेयर सस्तो हेरचाह ऐन (बिमा )को बारेमा चर्चा गरे ।

उनले राष्ट्रपति रुजवेल्टको नाम लिदै भने राष्ट्रपति रुजवेल्टको उद्देश्य कांग्रेसलाई जगाउनु र अमेरिकी जनतालाई सचेत गराउनु थियो भन्दै रुसी आक्रमणको बारेमा प्रसङ्ग ल्याए । युक्रेनमा भै रहेको आक्रमणको सन्दर्भ जोड्दै यो कुनै सामान्य क्षण होइन ,उनले थपे । विश्वमा स्वतन्त्रता र लोकतन्त्रमाथि आक्रमण भएको थियो ,” बाइडेनले भने। उनले स्वदेश तथा विदेशमा समस्या हुने चेतावनी समेत दिए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्दै छन् र युरोप र बाहिर अराजकता रोप्दै छन्,” उनले भने। “तर यदि हामी युक्रेनको साथमा उभियौं र आफ्नो रक्षा गर्न आवश्यक हतियारहरू उपलब्ध गराउँछौं भने युक्रेनले पुटिनलाई रोक्न सक्छ। युक्रेनले यही माग गरिरहेको छ ।

राष्ट्रपति पुटिनलाई हामी टाढा जाने छैनौं। हामी झुक्ने छैनौं “म झुक्ने छैन!”” बाइडेनले भने ।

बाइडेनले इजरायलमा जेरुसेलमको लागि समर्थनको आवाज उठाए । गाजामा हमाससँग लडाइँको बीचमा परेका प्यालेस्टिनी नागरिकहरूलाई थप सहायता प्रदान गर्न आग्रह गरे।

प्रतिक्रिया