भारतीय मूलकी निक्की हेली रिपब्लिकनको राष्ट्रपति पदको दौडबाट बाहिरिने ,ट्रम्पलाई अहिले नै समर्थन नगर्ने सङ्केत

इनेप्लिज २०८० फागुन २३ गते १२:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिकी उम्मेदार भारतीय मूलकी निक्की हेली रिपब्लिकनको राष्ट्रपति पदको दौडबाट बाहिरिने संकेत गरेकी छिन् । बिभिन्न पत्रपत्रिकाहरुले उनले गत मंगलबार बिभिन्न राज्यहरुमा सम्पन्न रिपब्लिकन दलको प्राथमिक निर्वाचनमा बिजयी हासिल गर्न नसके पछि अब उनले मैदान छोड्ने भएकी जनाएका छन् ।

अहिले नै समर्थन नगर्ने संकेत गरेकी छिन। स्मरण रहोस ,पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यिनीलाई राष्ट्रसंघको लागि राजदुत नियुक्त गरेका थिए । उनि ट्रम्प संग लगभग सबै राज्यहरुमा पराजित भएकी छिन् ।

सिएनएनका अनुसार उनको चुनाव अभियान र योजनासँग परिचित स्रोतका अनुसार हेलीले आज रिपब्लिकन राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गर्ने छिन्। उनले आज अमेरिकी पूर्वीय समय १० बजे चार्ल्सटन, साउथ क्यारोलाइनाबाट बोल्ने भएकी छिन ।

उनि साउथ क्यारोलाइनकी पूर्व गभर्नर पनि हुन् । हेली रिपब्लिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एकमात्र प्रतिद्वन्द्वीको रूपमा उभिएकी थिइन्,। ट्रम्पले सुपर ट्युजडे अर्थात् महामंगलबारमा १५ वटा रिपब्लिकन प्रतिस्प्रद्धा मध्ये १४ वटा मा जित हासिल गरेका छन् ।

महामंगलबारको रिपब्लिकन प्राथमिकमा हेलीले रिपब्लिकन प्रतिनिधिमध्ये ४३ मात्रै जितेकी छिन भने ट्रम्पले ७६४ जना प्रतिनिधि आफ्नो पक्षमा पर्न सफल भएका छन् ।

गत फेब्रुअरीमा साउथ क्यारोलाइन प्राथमिक अघि, हेलीले मार्च ५ मा सुपर ट्युजडेसम्मको दौडमा रहने वाचा गरेकी थिइन् ।

प्रतिक्रिया