अमेरिकामा महा मंगलबार प्राथमिक निर्वाचनमा ट्रम्प र बाइडेन दुवै बाजी मार्दै

इनेप्लिज २०८० फागुन २३ गते २:३२ मा प्रकाशित

अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने आम निर्वाचन अगाडी आज मार्च ५ अर्थात् महा मंगलबार (सुपर ट्युसडे)प्राथमिक निर्वाचनमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेन दुवैले धेरै राज्यहरुमा बाजी मार्ने सिएनएनले जनाएको छ ।

ट्रम्प र बाइडेनले मतदान सकिने बित्तिकै केही राज्यहरुमा बिजयी हुने सिएनएनले लेखेको छ । सिएनएनका अनुसार बाइडेनले अलाबामा डेमोक्रेटिक प्राथमिक निर्वाचन जित्ने छन । ट्रम्पले अलाबामाको रिपब्लिकन प्राथमिक जित्ने जनाएको छ । सीएनएनका अनुसार ट्रम्प तेस्रो चुनावको लागि रिपब्लिकन दलको राष्ट्रपति पदमा मनोनयन गर्ने लक्ष्य नजिक पुगेका छन् ।

अर्कान्सास डेमोक्रेटिक चुनावमा बाइडेनले बाजी मार्नेछन् । त्यस्तै ट्रम्पले अर्कान्सास प्राइमरी जित्नेछन । मेनमा ट्रम्पले जित्ने छन् । यसै गरि बाइडेनले टेक्सस डेमोक्रेटिक प्राथमिक जित्नेछन् भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सस रिपब्लिकन प्राथमिक जित्नेछन ।

सन् २०१६ मा हिलारी क्लिन्टन र सिनेटर टेड क्रुजले टेक्ससमा आ-आफ्नो प्राथमिक निर्वाचन जितेका थिए। स्मरण रहोस ,जो बाइडेनको बिरुद्धमा कोही पनि प्रतिस्प्रद्धी रहेका छैनन ।

प्रतिक्रिया