युक्रेनको मानवरहित यान (ड्रोन)द्वाराअर्को रुसी युद्धपोत डुबाएको दावी

इनेप्लिज २०८० फागुन २२ गते ११:५९ मा प्रकाशित

युक्रेनको मानवरहित यान (ड्रोन)ले अर्को रुसी युद्धपोत डुबाएको दावी गरेको छ ।

युक्रेनको सेनाले मंगलबार रूसी युद्धपोतमा अर्को सफल आक्रमणको दाबी गरेको छ । मस्कोको कालो सागर(ब्लाक सी)को लागि रुसी नौसेनाको जहाजलाई डुबाएको जनाएको छ ।

युक्रेनको रक्षा जासुसको समूह १३ को विशेष इकाईद्वारा संचालित समुद्री मानव रहित यानहरूले दक्षिणपश्चिम रूसको तटमा कालो सागरमा १,३०० टन क्षमताको रूसी गस्ती जहाज सर्गेई कोटोभलाई प्रहार गरी डुबाएको छ ।

मागुरा भी५ नामक समुद्री मानव रहित यन (ड्रोन)को आक्रमणको परिणामस्वरूप, रुसी जहाजहरुमा समेत क्षति पुगेको छ,” एक विज्ञप्तिमा भनिएको छ। सेनाले पछि जहाज डुबेको पुष्टि गरेको थियो।

यो लक्ष्य (मिसन) युक्रेनी नौसेनाको सहयोगमा र युक्रेनको अङ्किय (डिजिटल) रूपान्तरण मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया