ट्विटरका पूर्व कार्यकारी अधिकारी पराग अग्रवाल सहितले बर्खास्त गरेको भन्दै इलन मस्कलाई मुद्दा , १२८ मिलियन डलरको क्षतिपूर्ति दावी

इनेप्लिज २०८० फागुन २२ गते ११:३८ मा प्रकाशित

सामाजिक संजाल पूर्व ट्विटर अर्थात् एक्सका पूर्व कार्यकारीहरूद्वारा बर्खास्त गरेको भन्दै इलन मस्कलाई मुद्दा दायर गरेका छन् । उनीहरुले १२८ मिलियन डलरको क्षतिपूर्ति दाबि गरेको एबिसीन्यूजले समाचार लेखेको छ ।

उनीहरुले आफूलाई बर्खास्त गरेको आरोप लगाउदै मुद्धा हालेका हुन् । ट्वीटरका पूर्व सीईओ (प्रमुख कार्यकारी अधिकारी )पराग अग्रवाल, मुख्य वित्तीय अधिकारी नेड सेगल, मुख्य कानूनी सल्लाहकार विजया गड्डे र जनरल काउन्सिल सन एजेटले गत सोमबार दायर गरेको मुकदमामा त्यती रकम दावी गरेका छन् ।

मस्कले सन् २०२२ मा ट्विटर लिएको दिन उनीहरूलाई बिना कारण बर्खास्त गरिएको थियो। कार्यकारीहरूका अनुसार सामाजिक संजालमा “नक्कली ग्राहकको कारण बनाए र आफ्नो निर्णयलाई समर्थन गर्न आफ्ना विभिन्न सँस्थाका कर्मचारीहरू नियुक्त गरेको जनाएका छन् ।

क्यालिफोर्नियाको उत्तरी जिल्लाको संघीय अदालतमा दायर गरिएको मुद्दामा भनिएको छ, “मस्कको नियन्त्रणमा, एक्स ( पूर्व ट्विटर)कर्मचारीहरू, जग्गा मालिकहरू, विक्रेताहरू र अरूलाई कडाई गर्ने एउटा ठट्टा बनाइएको छ।” “मस्कले आफ्नो बिजक तिर्न सक्दैनन्, नियमहरू उनीमा लागू हुँदैनन् भन्ने विश्वास गर्छन्,।

मस्कले अक्टोबर २०२२ मा नियन्त्रण लिएर प्रतिष्ठान (कम्पनी)लाई ४४ बिलियन डलर अर्थात् प्रति शेयर ५४.२० डलरमा किनेका थिए ।

उनीहरु सबैलाई बिना कारण बर्खास्त गरिएको बताएका छन ।

प्रतिक्रिया