अमेरिकाको विस्कन्सिन म्याडिसनका नेपाली समुदायद्वारा मोःमोः कार्यक्रमको आयोजना गर्दै भेट गर्ने साइत जुराए

इनेप्लिज २०८० फागुन २० गते २३:३६ मा प्रकाशित

अमेरिकाको मध्यपश्चिममा हिमपात र अत्यन्तै चिसोको कारण भेट गर्न नपाएका विस्कन्सिन म्याडिसनका नेपाली समुदायले एक आपसमा भेटघाट गर्न मोःमोः कार्यक्रमको आयोजना गर्दै भेट गर्न साइत जुराएका छन् ।

सन् २००५ मा स्थापित नेपाली अमेरिकन मैत्री सँघले लामो समय सम्म नेपाली समुदाय बीच भेटघाट नहुने र दुर्लभ भेटघाट हुने भएकोले मोमो कार्यक्रमको आयोजना गर्दै समुदाय बीच भेटघाट गर्न सफल भएका छन् ।

अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसनका नेपाली समुदायले गत मार्च ०२, २०२४ शनिवारका दिन भेटघाट होस् भन्ने हेतुले आयोजना गरेको कार्यक्रम उत्साहजनक रुपमा एक आपसमा जामका भेट हुन् सकेको छ ।

जीवन सापकोटा र दिपक पौडेलको संयोजकत्वमा रसिलो स्वादिलो मोःमोः स्वाद लिदै लामो जाडोको बीचमा म्याडिसन नेपाली समुदायले भलाकुसारी गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा साकाहारी भे मोःमोः को पारखीहरुको लागी सम्पूर्ण व्यवस्थापन गरेका थिए भने कुखुराको मोःमोः को व्यवस्थापन जीवन सापकोटा, दिपक पौडेल, सन्तोष पौडेल, नरेंद्र रेग्मीले गरेका थिए ।

स्वयंसेवकहरुमा पर्वत रेग्मी, गणेश श्रेष्ठ, अविमन पसक्षे, मित्र पौडेल, महेश श्रेष्ठ लगायत अधिकांश उपस्थित मोःमोः का पारखीहरुले हातेमालो गर्दै कार्यक्रम सफल गराउन बिशेष योगदान दिएका थिए ।

त्यसैगरि युवा स्वयंसेवकहरुले रकम संकलन, टेवल व्यवस्थापन, सरसफाई लगायत बालबालीका नियंत्रण र रेखदेखको महत्वपूर्ण जिम्मेवारी लिएका थिए। युवा स्वयंसेवकहरुमा ऐरिना उप्रेती, जुना रिजाल, प्रियसा गुरागाई, स्मारिका पनेरु, युजेन थापा, रोविन पन्थ, अनुश्री श्रेष्ठ र आरजु पुडासैनीहरुले कार्यक्रम सफल सफल बनाउन बिशेष योगदान दिएका थिए ।

संस्थाल्ले प्रति व्यक्ति $१२ संकलन गरी मोःमोः का पारखीहरुलाई मोःमोः खुवाईएको थियो भने यस कार्यक्रमबाट संचित रकम संस्थाले आफ्नो आगामी नियमित कार्यक्रमहरुमा खर्च गर्ने रबीन्द्र उप्रेतीले ईनेप्लिजलाई बताए ।

साथै १२ डलर तिरे पछि मोमो जति पनि पेट भरि खान सकिने व्यवस्था गरिएको थियो । त्यसमा सीमितता नभएको रबिन्द्र उप्रेतीले भने । हिमपात ,हावा र हड्डी चिसो बनाउने मौशमको कारण छिमेकी भएता पनि भेटघाट दुर्लभ भएकोले नेपाली समुदाय बीच र दोश्रो पुस्ता बीच पनि भेटघाट र चिनजान होस् भन्ने हेतुले मोमो कार्यक्रम राखिएको उप्रेतीले बताए ।

उक्त कार्यक्रममा करिव १२० जना जति साना बालबालिका सहितको उपस्थिति रहेको थियो । उक्त राज्य तथा राजधानी म्याडिसनमा सन् ७० को दशक देखि नेपालीहरुको बसोबास हुदै आएको छ । उक्त राज्य तथा शहरमा आउने पहिलो नेपाली कृष्ण प्रधान हुन् ।

यस्ता कार्यक्रममा माध्यमिक बिद्यालयका बिद्यार्थी तथा बालबालिकाहरुलाई संस्था प्रति उत्तरदायी बनाउदै उनिहरुलाई उच्च शिक्षा हासिल गर्न स्वयम् सेवकको प्रमाण पत्र प्रदान गर्नुको साथै छात्रवृत्ति स्वरूप ५०० डलर जनही प्रदान गर्दै आएको छ । सो प्राप्त गर्न स्वयम सेवकले कम्तिमा पनि ४० घण्टा स्वयम् सेवक रुपमा काम गर्नु पर्नेछ ।

संस्थाले प्रमाण पत्र दशैँ कार्यक्रममा हस्तान्तरण गर्दै आएको छ ।

प्रतिक्रिया