सन् १९९४ मा फिलाडेल्फियामा आगो लगाई हत्या गरेको आरोपमा मृत्युदण्ड ठहरिएका कैदीलाई ३० वर्षपछि सफाइ,निर्दोष पाइए

इनेप्लिज २०८० फागुन १८ गते १२:०९ मा प्रकाशित

अमेरिकाको पेनसेल्भेनिया राज्यको फिलाडेल्फियामा सन् १९९४ मा आगो लगाई हत्या गरेको आरोपमा मृत्युदण्ड ठहरिएका कैदीलाई ३० वर्षपछि सफाइ दिइएको छ ।

सन् १९९४ मा एक महिलालाई आगो लगाई हत्या गरेको अभियोग सहित दोषी ठहरिएकालाई मृत्युदण्डको सजाय समेत दिइएको थियो । ३० बर्ष पछि उनि निर्दोष भएको जिल्ला न्यायधिवक्ताको कार्यालयले घोषणा गरेको छ ।

गत बुधबार ५४ वर्षीय डेनियल ग्विनलाई पेन्सल्भेनियाको राज्य कारागारबाट मुक्त गरिएको छ । कार्यालयले जनाए अनुसार १९९४ मा प्रथम श्रेणीको हत्या अनुसन्धानमा त्रुटिहरू फेला पारेपछि रिहा गरिएको जनाएको छ ।

फिलाडेल्फिया जिल्ला अधिवक्ता ल्यारी क्रासनरले एक प्रेस विज्ञप्तिमा भने, “आज ड्यानियल ग्विन लाई मुक्त गरिएको छ जो सम्भवतः निर्दोष छन।”

नोभेम्बर २० ,१९९४ मा पश्चिम फिलाडेल्फियाको चेस्टनट गल्लीको ४५०० भवन समूहमा रहेको खाली भवनमा आगो लागेर मार्सा स्मिथ नामककी एक घरबारविहीन महिलाको मृत्यु भएको थियो।

डिए कार्यालयका अनुसार त्यहाँ स्मिथ, ग्विन र अन्य तीन व्यक्तिहरू आगोको समयमा खाली भवनमा बसिरहेका थिए।

प्रतिक्रिया