अमेरिकी सरकार बन्द हुनबाट बच्यो

इनेप्लिज २०८० फागुन १८ गते ०:४२ मा प्रकाशित
           

अमेरिकी सरकार बन्द हुनबाट बच्न अमेरिकी प्रतिनिधि सभाले अल्पकालीन कोष बिधेयक पारित गरेको छ ।

अमेरिकी तल्लो सदन (प्रतिनिधि सभा)का डेमोक्र्याट्सले सभामुख माइक जोन्सनलाई शुक्रबारको म्याद भन्दा पहिले नै सरकारी बन्दलाई रोक्नको लागि सदनमा छोटो अवधिको कोष बिधेयक पारित गर्न मद्दत गरे।

तल्ली सदनले अल्पकालीन निरन्तर प्रस्तावलाई अनुमोदन गर्न भएको मतदानमा हुन्छ भन्ने पक्षमा ३२० र हुदैन भन्ने पक्षमा ९९ मत परेको थियो । अब मार्च २२ सम्मको लागि अस्थायी रुपमा बिधेयक पारित गरिएको छ ।

बिहीबार केवल दुई डेमोक्र्याटले मतदानको विरोध गरे भने ९७ जना रिपब्लिकनहरूले यसको विपक्षमा मतदान गरे।

अब यो विधेयक सदनले पारित गरेपछि यो अर्को सिनेटमा जानेछ। बहुसंख्यक नेता चक शुमरले सिनेटमा पारित हुनेमा बिश्वस्त रहेको बताए ।

प्रतिक्रिया