राजकुमार ह्यारी अदालती चुनौतीमा पराजित

इनेप्लिज २०८० फागुन १६ गते ११:५२ मा प्रकाशित

राजकुमार ह्यारीले बेलायती सरकारको शाही कर्तव्य त्यागेपछि करदाता-कोषबाट प्राप्त सुरक्षा हटाउने निर्णयको बिरूद्ध अदालतको चुनौती हारेका छन ।

ह्यारीले फेब्रुअरी २०२० मा निर्णय गरेपछि गृह कार्यालय विरुद्ध कानुनी कारबाहीको लागि मुद्धा दयार गरेका थिए ।

उनले त्याग गरे पछि उनलाई बेलायतमा रहँदा त्यस्तै प्रकारको संरक्षण नदिईने बारेमा उनले मुद्धा दायर गरेका थिए ।

समाचार सँस्थाका अनुसार उनका वकिलहरूले जुलाई २०२० देखि क्यालिफोर्नियामा आफ्नी श्रीमती मेघनसँग बस्दै आएका ह्यारी बिरुद्ध “सफल हमला” को बेलायतको प्रतिष्ठामा परेको प्रभावलाई विचार गर्न असफल भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो परिवारको सुरक्षाको बारेमा आवाज उठाईएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया