अमेरिकाको पेन्सिलभेनियामा २३ वर्षीया गर्भवती महिलाको हत्या

इनेप्लिज २०८० फागुन १६ गते ०:५६ मा प्रकाशित

अमेरिकाको पेन्सिलभेनिया राज्यमा एक २३ वर्षीया गर्भवती महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले रिबेका बायलर नामक महिलाको मृत्युको बारेमा “आक्रामक रूपमा अनुसन्धान” गरिरहेको बताएको छ। पेन्सिलभेनियामा २३ वर्षीया गर्भवती अमिस महिलाको हत्यापछि प्रहरीले खोजी गरिरहेको अधिकारीहरूले बताएका छन्।

गत सोमबार दिउँसो एरीबाट ३५ माईल दक्षिणपूर्वमा स्पार्टा उपनगर (टाउनशिप)को एउटा घरमा हत्याको खबर पाए पछि प्रहरीहरु त्यहा पुगेका थिए ।
उनीहरूले रिबेका बायलरलाई मृत फेला पारेको पेन्सिलभेनिया राज्य प्रहरीले बताए ।

बाइलरको मृत्युलाई हत्या मानिएको छ र “प्रहरीले उपलब्ध सबै सुरागहरूको आक्रामक रूपमा अनुसन्धान गरिरहेको छ,” प्रहरीले भने ।

प्रहरीले त्यहाका जनतालाई उक्त सडकमा कुनै पनि शंकास्पद व्यक्ति, गाडी या गतिविधि बारेमा जानकारी भए खबर गर्न अधिकारीहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया