अमेरिकाको लुजियानाबाट भागेका खतरनाक कैदीलाई न्यू अर्लिन्सको एक अतिथिगृहमा पक्राउ

इनेप्लिज २०८० फागुन १५ गते २३:५५ मा प्रकाशित

अमेरिकाको लुजियानाबाट भागेका खतरनाक कैदीलाई न्यू अर्लिन्सको एक अतिथिगृह(होटल)मा पक्राउ गरिएको छ ।

लियोन रफिन नामक फरार कैदीलाई दोस्रो श्रेणी (सेकेन्ड डिग्री )को हत्याको आरोपमा हिरासतमा थिए । उनि हिरासतमा भएको समयमा भागेका थिए।

उनले आफ्नो यातायात सहायकलाई कालो मरिच को फोहरा (ब्लाक पेपर स्प्रे )प्रयोग गरि उनको गाडी (कार )चोरी गरेपछि मंगलबार न्यू अर्लिन्समा पक्राउ गरिएको अधिकारीहरूले बताए ।

दोश्रो श्रेणीको हत्याको अभियोगमा हिरासतमा रहेका ५१ वर्षीय लियोन रुफिनलाई न्यू अर्लिन्स प्रहरी र अमेरिकी मार्शल सेवाको सहयोगमा न्यु अर्लिन्स पूर्वको एक अतिथि गृह (होटल)मा फेला पारिएको जेफरसन पेरिस शेरिफ जोसेफ लोपिन्टोले सञ्चारमाध्यममा बताए ।

दिउँसो करिब २:३० बजे मंगलबार रुफिनलाई बिना कुनै घटना हिरासतमा लिइएको थियो। रफिनले भाग्ने क्रममा आफ्नो अधिकांश समय अतिथि गृहमा बिताएको अधिकारीले विश्वास गरेका छन् । विगत केही दिनहरूमा रफिनलाई सहयोग गरेको आरोपमा अरूलाई पक्राउ गर्ने अपेक्षा गरेको उनले बताए ।

रफिनले अब प्रहरी अधिकारीलाई आक्रमण गर्ने सहित थप आरोपहरूको सामना गर्नुपर्नेछ। रुफिन जुलाई २०२३ मा पक्राउ परेका थिए र जेफरसन पेरिस सुधार केन्द्रमा हिरासतमा थिए ।

प्रतिक्रिया