जापानमा इन्जा सम्मेलन हुदै , उडे अध्यक्ष लुइँटेल जापान तर्फ

इनेप्लिज २०८० फागुन १५ गते १:४६ मा प्रकाशित

आगामी मार्च १ का दिन छैठौ इन्जा दिवस (डे)को अवसरमा जापानमा इन्जा सम्मेलन हुने भएको छ। नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल-इन्जाको सम्मेलन टोकियो जापानमा फेब्रुअरी २८ देखि मार्च १ सम्म हुने भएको छ ।

इन्जाका अध्यक्ष गुणराज लुइँटेल जापान तर्फ लागेका छन् । अध्यक्ष लुइँटेलले सामाजिक संजालम मार्फत संसारका विभिन्न देशमा इन्जासंग सम्बन्धित भएर काम गरिरहनु भएका र गर्न खोज्नु भएका स्वतन्त्र संचारकर्मी साथीहरुलाई स्वागत गरिने लेखेका छन् ।

आयोजक जापानलाई उनले शुभकामना दिदै सम्मेलनले लामो समयदेखि नेपाल पत्रकार महासंघले खनेको पुरानो डोव देखि हालै पछिल्लो पटक अष्ट्रेलियाका पत्रकार साथीहरु र डायस्पोराको विशिष्ट अवस्थाबारे उठाएका सवालहरु र इन्जाका आफ्नै विषय, दर्शन र संजाल (नेटवर्किंग )अभियान साथै बिश्व पत्रकारिताका टिलपिलाउंदा सवाललाई सिन्थेसाइज(संश्लेषण) गर्दै केही महत्वपूर्ण छलफल गर्ने उल्लेख गरेका छन् ।

नेपालकै पत्रकारिताका प्राज्ञ (एकेडेमिक )पक्ष, आईएफजे लगायतले उठाएका बाह्य संसारका गहन विषय र जापानी पत्रकारिताबाट हामीले सिक्न सकिने कुराहरु लगायतका पाटोहरुमा घोत्लिने अवसर पनि जुटेको उनले बताएका छन् ।

ईन्जा जापान प्रमुख एवं ईन्जा एशिया उपाध्यक्ष र केन्द्रीय बोर्ड अफ डाइरेक्टर (केन्द्रिय समिति सदस्य )आनन्द कोइरालाले सम्मेलनको संयोजन गरि रहेका छन्। नेपाल र अन्य देशबाट आउनु हुने पत्रकारहरुलाई स्वागत गर्न आयोजक तत्पर रहेको जनाईएको छ ।

प्रतिक्रिया