अमेरिकाको अलाबामाका एक न्यायाधीशलाई उनको आफ्नै छोराले गोली हान्दा गम्भीर घाइते

इनेप्लिज २०८० फागुन १३ गते २०:५० मा प्रकाशित

अमेरिकाको अलाबामाका एक न्यायाधीशलाई छोराले गोली हान्दा गम्भीर घाइते भएका छन् ।

अलाबामा मोन्टगोमेरीका एक न्यायाधीशलाई उनको आफ्नै छोराले शनिबार गोली हान्दा कथित रूपमा गम्भीर अवस्थामा रहेको एनबिसीन्यूजले जनाएको छ । जसलाई सन् २०१४ मा अरू कसैलाई गोली हानेको लागि दोषी ठहराइएको थियो।

मोन्टगोमेरी काउन्टीको १५ औं न्यायिक दौडाहा इजलास (सर्किट)का प्रमुख न्यायाधीश जोनी हार्डविकलाई घरायसी विवादका कारण उनका छोरा ३६ वर्षीय खल्फानी ए हार्डविकले कथित रूपमा आक्रमण र गोली हानेको मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले जनाएको छ।

लगभग १ :०० बजे दिउसो मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले घरेलु घटनाको सन्दर्भमा न्यायाधीश जोनी हार्डविकको निवासमा प्रतिक्रिया दिएको प्रहरीले बताएको छ ।

प्रहरीहरु त्यहाँ पुगे पछि न्यायाधीश हार्डविकलाई उनको छोराले आक्रमण गरेको र गोली हानी र गम्भीर घाइते बनाएको एक छापा विज्ञप्तिमा भनिएको छ।

उनको छोरा घटनास्थलबाट भागेको र ट्रोटम्यान सडकमा गाडी छाडेको प्रहरीले जनाएको छ । त्यसको केही समयपछि उनलाई राजमार्ग २३१ मा हिरासतमा लिइएको थियो ।

प्रतिक्रिया