अमेरिकाको केन्टकीको विद्यार्थी छात्रावासको कोठामा मृत फेला परेपछि संदिग्ध पक्राउ

इनेप्लिज २०८० फागुन १३ गते १९:५३ मा प्रकाशित

अमेरिकाको केन्टकीको विद्यार्थी छात्रावासको कोठामा मृत फेला परेपछि संदिग्धलाई पक्राउ गरिएको छ ।

क्याम्पबेलभिल विश्वविद्यालयमा सप्ताहन्तमा छात्रावासको कोठामा मृत फेला परेका केन्टकी विद्यार्थीको मृत्युको सम्बन्धमा एक संदिग्धलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

१८ बर्षिय जोसियाह किलम्यान स्थानीय समय अनुसार गत शनिबार बिहान करिब १ बजे आफ्नो क्याम्पबेलभिल छात्रावास कोठामा अनुत्तरदायी फेला परेका थिए । उनलाई त्यस पछि टेलर क्षेत्रीय अस्पतालमा लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको विश्वविद्यालयले एक छापा विज्ञप्तिमा जनाएको छ ।

शनिबार साँझ, ग्रीन काउन्टी शेरिफको कार्यालय र केन्टकी राज्य प्रहरीले २१ बर्षिय चार्ल्स एस्केलेरालाई लगभग ५:१५ बजे पक्राउ गरिएको थियो।

सामाजिक संजाल (फेसबुक)मा प्रकाशन गरिएको प्रहरी अध्यावधिक अनुसार अन्न भण्डार भित्र शङ्कास्पद पुरुष रहेको खबर प्रहरीलाई गरिएको थियो ।

संदिग्धलाई कुनै घटना बिना नै हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

एस्केलेराले हत्या र चोरीको आरोपको सामना गरिरहेको र उनलाई टेलर काउन्टी डिटेन्सन सेन्टर अर्थात् कारागारमा राखिएको छ। किल्म्यानको मृत्युको कारण निर्धारण गरिएको छैन । उनको शव परीक्षणको लागि लुइभिलको चिकित्सा कार्यालयमा सारिएको एबिसीन्यूजले जनाएको छ ।

क्याम्पबेलभिल विश्वविद्यालयले परिवारको एकजना गुमाएको भन्दै शोक तथा दु: ख व्यक्त गरेको छ । क्याम्पबेलभिल विश्वविद्यालयले आइतवार देखि सबै निर्धारित कक्षाहरू पुनः सुरु हुने जनाएको छ ।

क्याम्पबेलभिल एक निजी इशाई (क्रिश्चियन )विश्वविद्यालय हो जुन लुइभिलको ८४ माइल दक्षिणपूर्व र लेक्सिंगटनको लगभग ८३ माइल दक्षिणपश्चिममा पर्दछ ।

प्रतिक्रिया