क्यालिफोर्नियाको शास्ता बाँध नजिक पहिरोमा परी २ बालबालिकाको मृत्यु

इनेप्लिज २०८० फागुन ११ गते २:३२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको शास्ता बाँध नजिक पहिरोमा परी २ बालबालिकाको मृत्यु भएको छ । क्यालिफोर्नियामा पहिरोले दुई बालबालिकाको ज्यान लिएको शास्ता काउन्टी शेरिफको कार्यालयले जनाएको छ।

बिहीबार बिहान करिब ९ बजे चापी शास्ता राजमार्ग क्षेत्र नजिकै बाँध फुटे पछि पहिरो गए पछि प्रहरीहरु त्यहा पुगेका थिए ।

एबिसी७ समाचारका अनुसार दुई बालबालिका पहाडबाट खसेर भग्नावशेषमा फसेको जनप्रतिनिधिहरूले थाहा पाएका थिए ।

शेरिफको कार्यालयका अनुसार चालक दलले बच्चाहरू खोज्न काम गरे र बालबालिकाको शव निकाल्न विभिन्न निकाय एकजुट भएका थिए ।

उनीहरूको उमेर वा एकअर्कासँगको सम्बन्ध बारेमा पुष्टि गर्न नसकेको समाचारमा उल्लेख छ ।

साक्रामेन्टोबाट करिब १७५ माइल (२८० किलोमिटर) उत्तरमा रहेको शास्ता ताल नजिकैको खोलामा केटाकेटीहरू कसरी खसे भन्ने थाहा नभएको र अनुसन्धान जारी राखेका छन् ।

प्रतिक्रिया