गाजामा तत्काल मानवीय युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावलाई अमेरिकाद्वारा निषेधाधिकार प्रयोग( भिटो)

इनेप्लिज २०८० फागुन ९ गते १७:५४ मा प्रकाशित

 संयुक्त राज्य अमेरिकाले गत मङ्गलबार गाजा भूभागमा इजरायल-हमास युद्धमा तत्काल मानवीय युद्धविरामको माग गर्दै अरब समर्थित र व्यापक रूपमा समर्थन गरेको संयुक्त राष्ट्र प्रस्तावलाई निषेधाधिकार( भिटो) प्रयोग गरेको छ ।

यसले इजरायलमा अपहरण गरिएका बन्धकहरूलाई मुक्त गर्ने सम्झौतामा वार्तामा हस्तक्षेप गर्ने सिविएसन्यूजले जनाएको छ ।

हमासले २५० जनालाई बन्धक बनाएको छ भने तब देखि इजरायलको सैन्य आक्रमणमा २९ हजार भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका छन् ।

गाजामा युद्धविरामको माग गर्ने सुरक्षा परिषद्को प्रस्तावमा यो तेस्रो अमेरिकी निषेषाधिकार ( भिटो )थियो । 

संयुक्त राज्य अमेरिकालो गाजामा अस्थायी युद्धविरामलाई समर्थन गर्ने प्रतिद्वन्द्वी प्रस्तावलाई परिचालित गरेको एक दिन पछि आएको थियो ।

प्रतिक्रिया