अमेरिकाको इन्डियाना राज्यको इन्डियानापोलिस शहर स्थित वाफल हाउस नामक चमेनागृह मा सोमबार बिहान भएको गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाफल हाउस नामक चमेनागृह अमेरिकाको २५ वटा राज्यहरुमा कम्तिमा पनि १,९०० वटा स्थानमा चमेनागृह संचालनमा छन् ।
एबिसीन्यूजका अनुसार प्रहरीले त्यहाँ लगभग १२:४० बजे पूर्वीय समयमा खबर पाए पछि त्यहाँ प्रहरीहरु पुगेका थिए ।
इन्डियानापोलिस, इन्डियानाको वाफल हाउसमा सोमबार बिहान भएको गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार प्रहरीहरु त्यहाँ पुग्दा उनीहरूले बन्दुकको गोली लागेको पाँच जनालाई भेट्टाए।
ती पाँच पीडितहरू मध्ये तीन पुरुष र एक महिला स्थिर अवस्थामा र एक महिला गम्भीर अवस्थामा फेला पारिएको थियो । इन्डियानापोलिस महानगरीय प्रहरी विभागका अनुसार रुग्नवाहिणी (एम्बुलेन्स)हरू मार्फत क्षेत्रीय अस्पतालहरूमा लगिएको थियो ।
गम्भीर अवस्थामा रहेकी महिलाको पछि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मेरियन काउन्टी मृत्यु समीक्षक (कोरोनर)को कार्यालयले उनको आफन्तलाई सूचित गरेपछि महिलाको नाम जारी गर्ने बताएको छ।
प्रहरीले दिएको जानकारी अनुसार एक व्यक्ति पनि गम्भीर अवस्थामा थिए भने उनि आफै या अरू कसैले स्थानीय अस्पतालमा लगेको थियो /\
प्रारम्भिक अनुसन्धान अनुसार “घटना दुई समूहहरू बीचको विवादबाट सुरु भएको र गोली हानाहानसम्म पुग्यो,” प्रहरीले भने।
प्रहरीले एक विज्ञप्तिमा जासूसहरूले श्रब्यदृश्य भिडियो )को समीक्षा गरिरहेको बताएको छ ।
प्रतिक्रिया