न्यूह्याम्पसायरमा सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शनी

ईश्वरी भट्ट २०८० फागुन ६ गते १८:५१ मा प्रकाशित

अनेसास न्यूह्यामसायर च्याप्टरले शनिबार एक भव्य समारोह बिच विध्याकी देवी सरस्वती माताको पूजा अर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ। अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारी र निर्मला शर्माको मन्त्रोचारणसँगै सुरू भएको पूजा पाठको कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजा, महासचिव विमला निरौला, मोहन निरौला, महिला समाजसेवी एन आर एन आइ सी सी सदस्य मैया ढुंगाना, एन आर ए अमेरीकाका बोर्ड मेम्बर सृजना शर्मा, सल्लाहकार शिवकुमार राई, प्रधान सम्पादक ईश्वरी भट्ट, एन आर एन च्याप्टर अध्यक्ष कमल ढुंगाना, एन एच एन सी अध्यक्ष लाक्पा शेर्पा, तमु समाज अध्यक्ष हितमान गुरूड॰, उमेश कोइराला, सूर्य गुरूड॰ लगायत सवै महानु भावहरू र सबै बाल बालिकाहरू पूजामा सहभागी भएका थिए।

पूजा पश्चात दुबै देशका राष्ट्रिय गान गाइएको थियो। साथमा साहित्यकार अनेसास महासचिव बिमला निरौलाको “ यात्रामा देश” बाल कबिता संग्रहको विमोचन गरिएको थियो। विमोचित पुस्तकको डा. रूद्र अर्यालले समीक्षा गर्नु भएको थियो। कवयत्री विमला निरौलाले पुस्तक लेखनको महत्व बताउनु हुुदै समीक्षक डा. अर्याललाई धन्यवाद व्यक्त गर्नु भयो। त्यसैगरी महासचिव निरौलाले च्याप्टरको कामको प्रसंशा गर्नु हुँदै बाल बालिकामा हाम्रो भाषा साहित्य कला र संस्कृतिको पुस्तान्तरण गर्नु पर्ने बताउदै अनेसासको आठौ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन आग्रह गर्नु भयो।

कार्यक्रममा बाल प्रतिभा प्रदर्शन गरएको थियो। बाल प्रतिभा प्रदर्शनमा दुई दर्जन बाल बालिकाहरूले उत्कृष्ठ प्रतिभा प्रदर्शन गरेका थिए। सहभागि बाल बालिका, अभिभावक, अतिथी, चन्दादाता, फूड डोनर, भोलेन्टियर लगायत सबैमा धन्यबाद दिदै आगामी कार्यक्रको जानकारी प्रधान सम्पादक ईश्वरी भट्टले गराउनुका साथै अभिभाबकहरूलाई सम्मान प्रदान गर्नु भयो। साथै बाल बालिकाहरूलाई रोचक कुइज र गिफ्ट प्रदान गर्नु भएको थियो। त्यसैगरी बोर्ड सदस्य डा पुष्पमान जोशीले चिठ्ठा कार्यक्रम संचालनगरी बाल बालिकाहरूलाई पुस्कार प्रदान गर्नु भएको थियो।

कार्यक्रममा अनेसासका अध्यक्ष गोवर्धन पूजाले प्रमुख अतिथीको मन्तब्य दिनु हुदै अनेसास न्यूह्याम्पसायरले राम्रा काम गर्दै आएको र यस कार्यक्रमबाट बाल बालीकामा निक्कै उत्साह बढेको बताउदै च्याप्टरले गरेको कामप्रति धन्यबाद ज्ञापन गर्नु भयो। प्रतिभा प्रदर्शनमा सहभागि बाल बालिकाहरूलाई अध्यक्ष पूजाले प्रमाण पत्र, महासचिव विमला निरौलाले पुरस्कार र अध्यक्ष हरिमाया अधिकारीले खादा लगाइ सम्मान गर्नु भएको थियो।

कार्यक्रममा, एन आर एन च्याप्टर अध्यक्ष कमल ढुंगाना, आइ सी सी सदस्य मैया ढुंगाना, नेपाली समाज अध्यक्ष लाक्पा शेर्पा, एन सी सी सदस्य सृजना शर्मा, तमुसमाज अध्यक्ष हितमान गुरूड॰, डा रूद्र अर्याल, बोर्ड सदस्य डा पुष्पमान जोशी, घनश्याम शर्मा, वि डी ए अध्यक्ष डम्बर कडरिया लगायत न्यू ह्याम्पसायरका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र ठूलो संख्यामा महिला तथा बाल बालिकाहरूको उपस्थिति रहेको थियो।

अन्तमा उपस्थित सवै बाल बालिका, अतिथीगण, खान पिनमा सहयोग पुर्याउने मित्रहरू, डोनेशन गर्ने मित्रहरू, भोलेन्टियर मित्रहरू, साउन्ड सिस्टममा सहयोग गर्ने मित्रहरू, कार्यक्रसको शोभा बढाइ दिन पाल्नुहुने सबै आमा बुबा दाजु भाइ दिदी बहिनीहरू र बिशेषगरी सहभागि बाल बालिकाहरूमा हार्दिक आभार धन्यवाद व्यक्त गर्दै अध्यक्ष हरीमाया अधिकारीले सभा विसर्जन गर्नु भएको थियो। कार्यक्रम संस्थाका महासचिव नन्द शर्माले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया