जेलेन्स्कीद्वारा अन्तर्राष्ट्रिय समर्थनको लागि आह्वान , ह्यारिसले युक्रेनसँग एकताको जोड

इनेप्लिज २०८० फागुन ५ गते २३:४८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समर्थनको लागि आह्वान गरेका छन् । यसैगरी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनसँग एकतागर्न जोड दिएकी छिन ।

शनिबार म्यूनिख सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपतिजेलेन्स्कीले रुससँग युक्रेनको चलिरहेको युद्धको लागि अन्तर्राष्ट्रिय समर्थनको आह्वान गरे । अमेरिकी सिनेटरहरू र विश्व नेताहरूले युक्रेनमा रूसको जीतले यसको सिमाना बाहिर नतिजा ल्याउनेछ भनेर बुझ्नुपर्छ,उनले भने ।

गत शुक्रबार साइबेरियाको कारागारमा हिरासतमा रहेका प्रमुख रुसी विपक्षी व्यक्तित्व एलेक्सी नाभाल्नीको मृत्यु र रुस विरुद्धको मोर्चामा रहेको प्रमुख युद्ध मैदान एभडिभकाबाट युक्रेनको यस हप्ता फिर्ता भएकोमा बिश्व नेताहरुलाई यसले निकै आक्रोस तुल्याएको छ ।

“नियममा आधारित विश्व व्यवस्था” को पुनर्स्थापनाको लागि आह्वान गर्दै, जेलेन्स्कीले रूसको आक्रमणलाई “कुनै पनि नियमहरू विरुद्धको युद्ध” भनेर वर्णन गरे।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीको छेउमा उभिएकी थिइन् । उनले रुस विरुद्धको निरन्तर लडाईमा उनको संकल्प र सफलताको प्रशंसा गरे र अमेरिका युक्रेनको पछाडि उभिने बताइन ।

जेलेन्स्कीले अमेरिका, युरोपेली संघ ,चीन र मध्य पूर्वका सुरक्षा अधिकारीहरूको श्रोताको अगाडि थप तोपखाना र लामो दूरीका हतियारहरूको लागि दबाब दिए।

“युक्रेनीहरू ७२४ दिन देखि युद्धमा छन्,” उनले भने । युक्रेनले आफ्नो भूमि फिर्ता लिन र रुसविरुद्धको युद्ध जित्ने वाचा गरेपछि ठूलो ताली बजेको थियो ।

युक्रेनी सेनाहरू गत मे महिनामामा बाख्मुत शहरबाट फिर्ता भए यता देशको लागि प्रमुख शहर अवडिभकाबाट फिर्ता भएको बताए ।

शनिबार पछि जेलेन्स्कीसँगको छुट्टै संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ह्यारिसले भनिन ,उनी र राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसको विरुद्धमा सफल हुन आवश्यक पर्ने “स्रोत र हतियारहरू सुरक्षित गर्न” काम गर्नेछन ।

ह्यारिसले नाभाल्नीको मृत्यु “पुटिनको क्रूरताको प्रमाण” भनिन । जेलेन्स्की अमेरिकी सहायता सम्पुष्टि (प्याकेज)लाई आफ्नो देशको लागि “महत्वपूर्ण” भनेर वर्णन गर्दै, जेलेन्स्कीले ह्यारिससँगको आफ्नो पत्रकार सम्मेलनमा उनी संयुक्त राज्य अमेरिकामा भर परिरहेको बताए ।

सहायता कोषको लागि कुनै विकल्प युक्रेनले खोजि गरि नरहेको बताए ।

शनिबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा, ह्यारिसले रिपब्लिकन नेताहरूको विरोधको बाबजुद व्यापक द्विदलीय समर्थनलाई उद्धृत गर्दै, सदनमा मतदानमा राखिएमा युक्रेनका लागि कोष पारित हुने “निश्चित” बताइन्।

प्रतिक्रिया