स्व अर्जुन प्रसाद मैनालीको सहयोगको लागि गोफन्डमी खाता संचालनमा ल्याइएको छ । अमेरिकाको नर्थ क्यारोलाइनाको ग्रेटर शार्लोट नेपाली संघले उक्त गोफन्ड मी खाता खोलेको जनाएको छ ।
दुई दिन अगाडी संचालनमा सँस्थाको पहलमा उक्त खाता खोलिएको हो । उक्त खातामा संस्थाले रक्तदानमा अतुलनीय समर्पणका माध्यमबाट आजीवन सदस्य तथा मानवीय सेवाका नायक अर्जुनप्रसाद मैनालीको निधनप्रति ग्रेटर शार्लोट नेपाली संघ दुःखी भएको जनाएको छ ।
साथै स्व अर्जुन मैनालीले ३० वर्षको अवधिमा निःस्वार्थ भावनाले २०५ पटक रक्तदान गरेको जसले ६१५ जनाको जीवन बचाउने र १५,००० दाताहरूलाई प्रेरित गरेको गो फन्डमा उल्लेख गरिएको छ ।
स्व मैनालीले रक्तदानको अत्यावश्यक महत्त्वबारे विश्वव्यापी रूपमा २,००,००० मानिसहरूलाई शिक्षित बनाएको समेत लेखिएको छ ।
ग्रेटर शार्लोट नेपाली संघले यस कठिन समयमा स्व मैनालीको परिवारलाई अन्त्येष्टि खर्च र थप सहयोगको लागि हामीले आर्थिक सहयोग जुटोस भन्दै कोष सुरु गरेको जनाएको छ ।
संस्थाले स्व अर्जुनको विरासतलाई सम्मान गर्न र उनका प्रियजनहरूलाई सान्त्वना दिनको लागि सबैलाई सहयोग सहभागी हुन् र सहयोग गर्न आमन्त्रित गरेको छ ।
गो फन्ड मी मा कोष संकलनको लक्ष्य ५० हजार डलर राखिएको छ भने १८ हजार डलर संकलन भै सकेको छ ।
सहयोग गर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया