टेक्ससको अस्टिनमा रहेको चिकित्सा केन्द्रको आपतकालीन कोठामा गाडी ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाइते

इनेप्लिज २०८० फागुन २ गते १५:०७ मा प्रकाशित

टेक्ससको अस्टिनमा रहेको मेडिकल सेन्टर(चिकित्सा केन्द्र) मा गाडी ठोक्किएपछि एक जनाको मृत्यु भएको छ भने कम्तीमा पाँच जना घाइते भएका अधिकारीहरूले गत मंगलबार बताए।

सेन्ट डेभिडको नर्थ अस्टिन मेडिकल सेन्टर(चिकित्सा केन्द्र) को आपतकालीन कोठामा गाडी ठोक्किएको हो ।

अस्टिनका ईएमएस प्रमुख रोबर्ट लुक्रिट्जले मंगलबार साँझ ५:०८ मा दुर्घटना भएको बताए ।

आपतकालीन प्रतिक्रियाकर्ताहरूले तत्काल घटनास्थलमा पाँच जनालाई फेला पारे। उनीहरुले एक व्यक्तिलाई गाडीबाट निकालेर स्वासप्रश्वास ( सीपीआर )गरेपछि मृत घोषणा गरेका थिए ।

अस्पतालका प्रमुख पिटर डियोङले उक्त व्यक्ति गाडीको चालक भएको पुष्टि गरे ।

दुई बालबालिका र दुई वयस्कलाई क्षेत्रीय अस्पतालमा लगिएको थियो। एक बच्चा र एक वयस्कको अवस्था गम्भीर रहेको छ ।

चार जना घाइते व्यक्तिहरू आकस्मिक कोठामा हुँदा गाडी दुर्घटना भएको थियो । पाँचौं घाइतेको घटनास्थलमै उपचार भएको छ । दुर्घटनाकोसमयमा सुविधामा हेरचाह गरिरहेका आठ व्यक्तिहरूलाई पछि क्षेत्रीय अस्पतालहरूमा लागिएको छ ।

प्रतिक्रिया