न्यूयोर्कको भूमिगत रेलयानमा गोली चल्दा १ जनाको मृत्यु, ५ घाइते

इनेप्लिज २०८० माघ २९ गते २३:४१ मा प्रकाशित

न्यूयोर्कको भूमिगत रेल चौकी(सबवे स्टेशन)मा गोली चल्दा १ जनाको मृत्यु र ५ घाइते भएका छन् ।

उक्त घटना न्यूयोर्कको ब्रंक्सको माउन्ट इडेन एभ अड्डा (स्टेशन)मा भएको हो।

सोमबार साँझ ब्रंक्सको भूमिगत चौकी (सबवे स्टेशन)मा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका स्रोतले एबीसी न्यूजलाई बताएका छन् ।

माउन्ट इडेन एभिन्यू स्टेशन( चौकी)को प्लेटफर्म(मन्च )मा मानिसहरू दक्षिणतर्फ जाने ४ रेलयानको लागि पर्खिरहेका बेला गोलीबारी भएको बताईएको छ ।

पीडित मध्ये एकको सेन्ट बर्नबास अस्पतालमा मृत्यु भएको प्रहरीले एबीसी न्यूजलाई बताएको छ। अन्य पाँच घाइतेहरुलाई चोटपटक लागेको तर उनीहरु खतरामुक्त रहेका छन् ।

एक व्यक्तिले बन्दुक निकालेपछि भएको विवादका कारण गोली चलेको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ । संदिग्धको पहिचान भएको छैन भने हतियार पनि बरामद भै नसकेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया