इजरायलले संयुक्त राष्ट्र एजेन्सी(निकाय)को गाजा मुख्यालय मुनि हमासको सुरुङ पत्ता लगाएको दाबी गरेको छ। साथै इजरायलले रफाहमा हमासका २ वरिष्ठ सैन्य सदस्य मारेको जनाएको छ ।
इजरायलले शनिबार उक्त दावी गरेको हो । इजरायली रक्षा बलका अनुसार उत्तरी गाजाको शाती र तेल अल-हवा क्षेत्रमा इजरायली सैन्य कारबाहीको एक भागको रूपमा कथित खोज भएको हो।
आईडिएफले एक विज्ञप्तिमा यसका सेनाहरू प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी इन द नेयर इस्ट (युएनआरडब्लुए ) द्वारा संचालित विद्यालय नजिकै रहेको सुरुङमा पुगेका थिए। तर, कहिले पत्ता लाग्यो भन्ने कुरा भने बारेमा इजरायलले खुलाएको छैन ।
साथै सिएनएनले इजरायलको दाबीलाई स्वतन्त्र रूपमा प्रमाणित गरेको छैन भनि समाचारमा उल्लेख गरेको छ ।
त्यस्तै इजरायली सैन्य विमानले शनिबार रफाहमा दुई वरिष्ठ सैन्य नेताहरू सहित ३ हमास सदस्यहरूलाई मारेको इजरायली रक्षा बलले एक विज्ञप्तिमा दाबी गरेको छ।
मारिएका गुप्तचरहरूमा अहमद इलियाकुबी पनि थिए, जो इजरायली सेनाको दाबी “वरिष्ठ हमास नेताहरूको सुरक्षा व्यवस्थाको लागि जिम्मेवार थिए र रफाह जिल्लामा एक वरिष्ठ सेनापतिको रूपमा सेवा गरेका थिए।”
विज्ञप्तिका अनुसार इमान रन्तिसीका रूपमा चिनिने अर्का एक वरिष्ठ सैन्य सदस्य र तेस्रो लडाकूको पनि ज्यान गएको छ।
प्रतिक्रिया