अमेरिकाको दक्षिणी क्षेत्रमा भारी वर्षा र बाढीको जोखिम,टेक्सससंग जोडिएका अन्य राज्यहरुमा शनिबार र आइतवार राति ३ देखि १० इन्च सम्म हिउँ पर्ने

इनेप्लिज २०८० माघ २७ गते २०:३४ मा प्रकाशित

अमेरिकाको दक्षिणी क्षेत्रमा भारी वर्षा र बाढीको जोखिम रहेको मौशमविदहरुले जनाएका छन् । साथै पहाड र पश्चिमी मैदानहरूमा भारी हिउँ पर्ने समेत भएको छ ।

एबिसीन्यूजका अनुसार दक्षिणी समुन्द्री आँधीहरू अर्को हप्ता उत्तरपूर्व तर्फ लाग्ने अनुमान गरिएको छ। यसैबीच पूर्वोत्तर क्षेत्रमा कीर्तिमानी तातो तापक्रमको अपेक्षा गरिएको छ ।

धेरै सुस्त गतिमा चल्ने समुन्द्री आँधी प्रणालीले आगामी तीन दिनमा दक्षिणमा भारी वर्षा र समुन्द्री आँधी ल्याउनेछ। शनिबार पूर्वी टेक्सस देखि पश्चिमी टेनेसी सम्म, लुजियाना ,मेम्फिस, टेनेसी सहित क्षेत्रमा १ देखि ३ इन्च वर्षा हुन सक्ने एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

आगामी सोमबारदेखि दक्षिणी क्षेत्रमा ठूलो आँधी आउने सम्भावना छ। आँधीको खतराले सान एन्टोनियो टेक्ससमा ठूलो असिना ल्याउन सक्ने छ । साथै एक पृथक घुम्रपात (टोर्नाडो) र सशक्त हावा हुण्डरी समेत टेक्ससमा आउने सम्भव रहेको छ । सबै खतराहरू शनिबार साँझ सुरु हुने र रातभर जारी रहने र पूर्वतिर लाग्ने छ ।

आइतवार टेक्सस ह्युस्टन, अलाबामा, र न्यू अर्लिन्स, लुजियाना सम्म पुग्ने बताईएको छ । त्यस्तै हुण्डरीको साथै घुम्रपात(टोर्नाडो )आउने सम्भव देखिएको र सबैभन्दा ठूलो खतरा राती हुनेछ ।

सोमबार जर्जिया ,उत्तरी फ्लोरिडा र वरिपरि केन्द्रित दक्षिणपूर्वमा विनाशकारी हावा र घुम्रपात (टोर्नाडो )को मुख्य खतराहरू रहने छ। न्यू मेक्सिकोदेखि वायोमिङसम्म हिउँ परिरहेको छ।

डेनभरदेखि ग्रीली तथा कोलोराडोसम्म १-८ इन्चसम्म हिउँ परेको छ। शनिबार थप हिउँ पर्ने अपेक्षा गरिएको छ। जहाँ २ देखि १२ इन्चको बीचमा आँधीबेहरी ल्याउनेछ। डेनभरमा २ देखि ६ इन्च सम्मको हिमपात हुने जनाईएको छ ।

यस साताको अन्त्यमा तल्लो उचाइमा ३ देखि ८ इन्चसम्म हिमालमा १६ इन्चसम्म हिउँ पर्ने अनुमान गरिएको छ । टेक्सससंग जोडिएका अन्य राज्यहरुमा शनिबार राती र आइतवार रातिको बीचमा ३ देखि १० इन्च सम्म हिउँ पर्ने अपेक्षा गरिएको छ।

गत शुक्रबार ,शिकागोमा ५६ डिग्री तापक्रम कायम गर्दै दैनिक उच्च तापक्रम बनाएको छ । त्यस्तै डेट्रोइट मिशिगनमा ६४ डिग्री ,सिराक्युज न्यूयोर्कमा कीर्तिमानी तापक्रम (रेकर्ड ) ६३ डिग्री अभिलेख गरेको छ जुन १९२५ मा ५९ डिग्री अभिलेख गरिएको थियो ।

प्रतिक्रिया